राष्ट्रियसभाको अर्को बैठक पुस २६ गते बस्नेगरी स्थगित

जागरणपोस्ट २४ पुष २०७७, शुक्रबार १५:५७

काठमाडौं : संघीय संसदअन्तरगत राष्ट्रियसभाको अर्को बैठक यही पुस २६ गते आइतबार दिउँसो १ बजे बस्ने भएको छ। आज बसेको राष्ट्रियसभा बैठक पुस २६ गते बस्नेगरी स्थगित भएको हो ।

आजको बैठकमा देशमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन सभासमक्ष पेश गरिएको छ। उक्त प्रतिवेदन दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले पेश गरेकी हुन् ।

आजको बैठकमा राष्ट्रियसभाका सदस्य नारायणकाजी श्रेष्ठ, तारादेवी भट्ट,कोमल वली,तारादेवी भट्ट, रमेशजंग रायमाझीलगायतले आ-आफ्नो धारणा राखेका थिए ।

बैठकमा बोल्ने अधिकांश सांसदहरुले संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीले संविधानमाथि असंवैधानिक कदम चालेको भन्दै आपत्ती जनाए छन् । संसद विघटनविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले संविधानसम्वत फैसला गर्नुपर्ने उनीहरुको माग रहेको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८