कार्यक्रममा आउन नमानेपछि कार्यकर्ता लिन गएका बसहरु रित्तै फर्किए

जागरणपोस्ट २४ पुष २०७७, शुक्रबार १६:०९

धनगढी :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने धनगढीको सभाका लागि नेता तथा कार्यकर्ता लिन ग्रामिण क्षेत्रमा पुगेका बसहरु रित्तै धनगढी फिर्ता भएका छन् ।

संघीय संसदको प्रतिनिधिसभा विघटन गरेपछि विभाजित नेकपामा आफ्नो छुट्टै धारको नेतृत्व गरिरहेका ओली सभालाई सम्बोधन गर्न धनगढी पुगिसकेका छन् । ओली सहभागी हुने कार्यक्रमका लागि नेता, कार्यकर्ता तथा सर्वसाधारण ल्याउन भनेर कैलालीको हसुलिएका गएका बसहरु भने रित्तै फर्किएका छन् ।

धनगढीको सभामा सहभागी हुन कोही पनि नआएपछि हसुलिया गएका ४ वटा बसहरु रित्तै धनगढी फर्किएका हुन् । धनगढीको खुलामञ्चमा आयोजित कार्यक्रममा ५० हजार बढी जनताको सहभागीता हुने नेकपा (ओली समूह)का नेताहरुको दाबी छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८