ब्रेकिङ न्युज:

प्रधानमन्त्री उपस्थित सभास्थलमा विरोध ‘निर्मला पन्तका बलात्कारी खोइ ?’

जागरणपोस्ट २४ पुष २०७७, शुक्रबार १८:१६

धनगढी :   कैलालीको धनगढीमा आज प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित सभास्थलमा ‘निर्मला पन्तका बलात्कारी खोइ ?’ नारा लेखिएको टिसर्ट लगाउने युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ।

सभास्थलमा सेतो टिसर्टमा कालो अक्षरले ‘निर्मला पन्तका बलात्कारी खोइ ?’, ‘निर्मलालाई न्याय दे’लेखेर पुगेका ६ जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई त्यहाँ खटिएको सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको टोलीलाई जिम्मा लगाएको प्रत्यक्षदर्शीले बताएका छन्।

उनीहरुले कञ्चनपुरको भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तले अझै न्याय नपाएको भन्दै प्रतीकात्मक विरोध जनाएका थिए । निर्मलाको बलात्कार गरी हत्या गरेको २ वर्ष बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै विरोधमा उत्रिएका हुन् । ‘निर्मला पन्तको बलात्कारी खै ?’ र लेखेको टि–सर्ट लगाएर प्रधानमन्त्री ओली सहभागी कार्यक्रमा उपस्थित भएका थिए ।

निर्मलाको २०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ निम्बुखेडास्थित उखुबारीमा बलात्कारपछि हत्या भएको अवस्थामा शव भेटिएको थियो । त्यसपछि सरकारले पटक-पटक अनुसन्धान गर्दा पनि दोषीलाई समात्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

बालअधिकारको ग्यारेण्टी गर

नेताहरुको स्वागतको लागी जवर्जस्ती बालबालिकाको प्रयोग गम्भिर बालअधिकारको उल्लंघन हो। प्रदेश नं. २ अन्तर्गत बाराको कलैयामा प्रधानमन्त्री उपस्थित हुने सभामा आज गाडीका गाडी बालबालिका ओसारिएको

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४

विशेष सम्पादकीय – यौटा नालायकीपनाको पटाक्षेप

जागरणपोस्ट ५ पुष २०७७, आईतवार १६:००

संवैधानिक राजतन्त्र अर्को विकल्प

जागरणपोस्ट २१ मंसिर २०७७, आईतवार १०:११