ब्रेकिङ न्युज:

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४

सत्ता उन्मादले सबैलाई बदनाम गराऊँदो रहेछ। सत्ताको कुर्सी छोड्नुपर्दाको चरम् पीडा हाम्रोमा मात्र रहेनछ, दुनियालाई नै लोकतन्त्रको पाठ सिकाऊंदै हिंड्ने अमेरिकाका शाषकमा पनि हुंदोरहेछ भन्नेकुराको ज्वलन्त उदाहरण हालैमात्र डोनाल्ड ट्रम्प ले निर्वाचनमा हारको नतिजा स्विकार गर्न नसक्नु र हारपश्चात बिश्वकै सबैभन्दा शक्तिशाली देशको शक्तिशाली पद राष्ट्रपति पद छोड्नुपर्दाको दृष्यमंचनबाट स्पष्ट हुन्छ।

राम्रो भयो, ढिलै भए पनि अन्तत: ट्रम्पले आफ्नो हार स्विकार्दै नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका छन् । उनले पहिलोपटक आफ्नो पराजय स्वीकार गर्दै ट्विटरमा भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘कंग्रेस (संसद्) ले चुनावी नतिजा प्रमाणित गरिसकेको छ। अब नयाँ प्रशासनले जनवरी २० मा आफ्नो जिम्मेवारी सम्हाल्दै छ । अब मेरो ध्यान शान्तिपूर्ण र विधिपूर्वक सत्ता हस्तान्तरणमा केन्द्रित हुनेछ ।’
साथै उनले संसद् भवनभित्र आक्रमण गर्ने मानिस आफ्ना समर्थक नभएको दाबी पनि गरेका छन् । त्यो भीड रोक्न आफूले तत्काल नेसनल गार्ड र संघीय सुरक्षा निकायलाई परिचालन गरेको उनको दाबी छ ।

बुधवार अमेरिकी संसद् बैठकमा बाइडेनको चुनावी जित प्रमाणित गर्ने विषयमा छलफल भइरहेका बेला ट्रम्पका समर्थकले हिंसात्मक आक्रमण गरेपछि राष्ट्रपति ट्रम्पको शाख ह्वात्तै ओरालो लागेर गएको छ। विपक्षी सांसदले उनलाई तत्काल पदबाट हटाउनुपर्ने माग गर्दै अन्यथा महाभियोग लगाउने चेतावनीका माझ अन्तत: ट्रम्पले हार स्विकार गरेर विधिसम्मत सत्ता हस्तान्तरण गर्न राजी हुनुले धर्मराऊने हो कि भनेर सन्त्रास उत्पन्न गराएको अमेरिकी लोकतन्त्र पुनश्च: सहि मार्गमा नै हिंडेको भएता पनि ट्रम्पले अमेरिकी इतिहासमा बदनामीको पर्यायको बिल्ला भने बोकेर जाँदैछन

चुनावमा धाँधली भएको आरोप लगाउँदै बाइडेनको जित अस्वीकार गरिरहेका ट्रम्पले मत बदरको माग गर्दै उनले अदालतमा मुद्दासमेत हालेका थिए । तर प्रमाणका अभावमा अदालतले उनका उजुरी सबै खारेज गरिदिएको थियो ।

यौटा कुरा के स्पष्ट हुन्छ भने राष्ट्रपति निर्वाचनको नतिजा संसारसामु छर्लंग हुँदाहुंदै पनि सत्ता हस्तान्तरणमा यतिविघ्न हिंसा मच्चिएला भनेर सायदै विश्वले कल्पना गरेको थियो। हठी र दम्भी स्वाभावका ट्रम्पको पक्षमा यसपाली चुनावी नतिजा आऊंदैन भनेर पूर्वानुमान त नभएका होईनन। यद्यपि सत्ता छाड्नुपर्दा ट्रम्पद्वारा अमेरिकी लोकतन्त्रमाथी नै यतिविघ्न हमला होला र अमेरिकी लोकतन्त्रमाथी नै कालो धब्बा लगाएर छोड्लान भनेर आंकलन चाहिँ भएको थिएन।

चुनावमा धाँदलीको आरोप लगाऊंदै आएका ट्रम्पले चुनाव निष्पक्ष नभएको प्रमाण चाहिँ दिन सकेका छैनन। चौतर्फी प्रमाणका आधारमा चुनावी नतिजाको पुष्टि हुँदै गैसकेपछि अन्तत: ६ जनवरीका दिन संसदको दुवै सदनमा जो वाईडेन र कमला ह्यारिसको बिजयलाई स्विकार गरिएको थियो। औपचारिक रुपमैं चुनावी नतिजाको घोषणामाझ जसरि ट्रम्पका समर्थकहरुले संसदमा घुसेर आतंक मच्चाए, त्यो दृष्य भने आधुनिक अमेरिकी लोकतान्त्रिक इतिहासका लागि लज्जास्पद घटना भनेर भन्न सकिन्छ।

अमेरिकी संसदमा जुन घटना घट्यो, त्यसको सम्पूर्ण रुपमा जिम्मेवारी ट्रम्पले लिनुपर्ने हुन्छ। संसदमा राष्ट्रपति र उपराष्ट्रपति पदको घोषणा हुंदैगर्दा ट्रम्पले आफ्ना हजारौं समर्थकलाई संसद भवनतर्फ बोलाऊनु र मन्चबाटै समर्थकलाई भड्काऊने गरि उत्तेजक भाषण गर्नु ट्रम्पको अत्यन्तै गैरजिम्मेवार र निकृष्ट हर्कत थियो। बिधि र प्रक्रियामाथी ट्रम्प अहंमताको उन्माद थियो।

कडा प्रतिष्पर्धामाझ सम्पन्न अमेरिकी राष्ट्रपतिको चुनावमा चुनावी नतिजा सार्वजनिक हुंदासाथ नै ट्रम्पका लागि हारका संकेतहरु देखिईसकेका थिए। यद्यपि संसदमा हिंसा भड्किने पछिल्लो कडिको रुपमा जर्जिया राज्यको अन्तिम मतपरिणामलाई पनि लिन सकिन्छ जसले गर्दा ट्रम्प समर्थकहरु भड्किएर आएका थिए। ट्रम्प र उनका समर्थकका लागि अन्तिम आशाको केन्द्रको रुपमा रहेको जर्जिया राज्यमा अन्य राज्यमा भन्दा अत्याधिक मतदान भएको थियो। उनका समर्थकहरुले उक्त राज्यमा अंघिल्लो दिनको सिनेट इलेक्सनमा आम निर्वाचनमा भन्दा कयौं गुणा बढि मतदान गरेका थिए। जब उक्त राज्यको चुनावी नतिजा पनि ट्रम्पको विपक्षमा आयो त्यहिंबाटै ट्रम्प र उनका समर्थकहरु भड्किएको स्पष्टै बुझ्न सकिन्छ।

जर्जिया राज्यमा आफ्ना समर्थकहरुको यसप्रकारको सक्रियतालाई नजिकैबाट नियालिरहेका ट्रम्पका लागि जब उक्त राज्यको नतिजा पनि उनको बिपक्षमा आयो तब उनी आफू त भड्किए भड्किए, आफ्ना समर्थकलाई पनि भड्काएरै छोडे। एक सन्की नेताको उक्साहटले अमेरिकी संसदमा हमला भयो। ४ जनाले उक्त हमलामा ज्यान नै गुमाऊनु पर्यो भने जाँदाजाँदै ट्रम्पले अमेरिकी लोकतान्त्रिक ईतिहासमा कालो धब्बा पनि लगाएर गएका छन।

लोकतान्त्रिक पद्धतिमा बिधि र बिधानले मूल्य राख्दछ। प्रक्रियागत पारदर्शीताले महत्त्व राख्दछ। संचार र प्रविधिले लेस आजको समयमा हरेक सेकेण्ड सेकेण्डका रेकर्ड राख्ने सामर्थ्य राख्दछ। बिधि र बिधान नै मान्दिन, म छु त सत्ता छ, सर्वस्व छ, म छैन त केहि छैन भन्ने अहंताले अन्त्यमा दुर्घटनामा पुर्याऊँछ। ट्रम्पको यसै अहंताले अमेरिकी लोकतन्त्र दुर्घटनामा पर्यो। हरेक निर्णयसंगै विवादमा मुछिएर आएका ट्रम्पले आफूलाई जाँदाजाँदै हुलहुज्जत गरेर अमेरिकी ईतिहासमा एक सन्काहा र गैरलोकतान्त्रिक चरित्रको नेताको उपमा मात्रै दर्जा गराएनन, अपितु अमेरिकी लोकतान्त्रिक पद्धतिमाथी नै अक्षम्य अपराध समेत गरेर बिदा हुँदैछन।

त्यसैले हामीलाई शासन गर्ने नेता कस्तो छान्ने भन्ने बिषय पनि महत्त्वपूर्ण हुन्छ। सत्ताउन्माद र दम्भी राजनितिले लोकतान्त्रिक प्रक्रिया नै ध्वस्त हुनपुग्दछ। पदलोलुप र दम्भी नेतृत्त्वले लोकतान्त्रिक ब्यवस्था मात्रै होईन, देशका हरेक व्यवस्थाहरुलाई नै धरासायी बनाईदिन्छ। नेपालको पछिल्लो प्रतिनिधि सभा विघटनको प्रमुख कडि पनि प्रधानमन्त्रीको सत्तालिप्सा र दम्भको पराकाष्ठाको रुपमा लिन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

बालअधिकारको ग्यारेण्टी गर

नेताहरुको स्वागतको लागी जवर्जस्ती बालबालिकाको प्रयोग गम्भिर बालअधिकारको उल्लंघन हो। प्रदेश नं. २ अन्तर्गत बाराको कलैयामा प्रधानमन्त्री उपस्थित हुने सभामा आज गाडीका गाडी बालबालिका ओसारिएको

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४

विशेष सम्पादकीय – यौटा नालायकीपनाको पटाक्षेप

जागरणपोस्ट ५ पुष २०७७, आईतवार १६:००

संवैधानिक राजतन्त्र अर्को विकल्प

जागरणपोस्ट २१ मंसिर २०७७, आईतवार १०:११