काठमाण्डौ : आज शनिबार पनि बैंक तथा वित्तीय संस्थाहरु खुल्ला रहने भएका छन् । नेपाल राष्ट्र बैंकले शनिबार पनि बैंक तथा वित्तीय संस्था संचालन गर्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकले आज राजश्वको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन गर्ने सम्पूर्ण काउन्टर र शाखा खोल्न निर्देशन दिएसँगै शनिबार पनि बैंकहरु खुल्ने भएका हुन् ।