ब्रेकिङ न्युज:

राष्ट्रिय क्रिकेट खेलाडी कुन्दनको २३ वर्षको उमेरमा मृत्यु

जागरणपोस्ट २६ पुष २०७७, आईतवार १०:३१

काठमाडौं :  दुवै मिर्गौला खराब भएका राष्ट्रिय क्रिकेट खेलाडी कुन्दनसिंह राजपूतको २३ वर्षको उमेरमा मृत्यु भएको छ ।

आज बिहान ८ बजे आइतबार बिहान घर जलेश्वर नगरपालिका वडा नम्बर ९ मा मृत्यु भएको हो । कुन्दन एक वर्षदेखि दुवै मिर्गौला खराब हुँदा उपचार गराउँदै आएका थिए । गत साउनमा कोरोनालाई जितेका कुन्दनको आज बिहान मृत्यु भएको हो । उनले नियमित डाइलासि गराउँदै आएका थिए ।

दुई वर्षअघि काठमाडौंमा भएको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय प्रतियोगितामा कुन्दनले प्रदेश २ बाट खेलेका थिए । आर्थिक अवस्था कमजोर भएका उनलाई बचाउन ‘कुन्दनसिंह बचाउ अभियान’ समेत चलाईएको थियो । उनको आमाको दश वर्षअघि किड्नीकै समस्याले ग्रसित भएर मृत्यु भएको थियो भने बुबा आठ वर्षअघि हेमोग्लोबिनको समस्याले बितेका थिए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

बालअधिकारको ग्यारेण्टी गर

नेताहरुको स्वागतको लागी जवर्जस्ती बालबालिकाको प्रयोग गम्भिर बालअधिकारको उल्लंघन हो। प्रदेश नं. २ अन्तर्गत बाराको कलैयामा प्रधानमन्त्री उपस्थित हुने सभामा आज गाडीका गाडी बालबालिका ओसारिएको

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४

विशेष सम्पादकीय – यौटा नालायकीपनाको पटाक्षेप

जागरणपोस्ट ५ पुष २०७७, आईतवार १६:००

संवैधानिक राजतन्त्र अर्को विकल्प

जागरणपोस्ट २१ मंसिर २०७७, आईतवार १०:११