ब्रेकिङ न्युज:

ऊर्जामन्त्री रायमाझीलाई कालोझण्डा र प्रतिगमनको ब्यानरले गरियो स्वागत

जागरणपोस्ट २७ पुष २०७७, सोमबार १०:१८

नवलपरासी : नेकपा ओली समूहका नेता एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई नेकपाकै प्रचण्ड–नेपाल समूहले कालोझण्डा र प्रतिगमनको ब्यानर टाँगेर विरोध जनाएको छ ।

नवलपरासीपूर्वको कावासोतीमा आइतबार ओली समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्न मन्त्री रायमाझी कावासोती आएकाबेला प्रचण्ड–नेपाल समूहले कार्यक्रमस्थल बाहिर कालोबलुनमा असंवैधानिक कदम खारेज गर, गद्दारहरु होसियार लेखेको कालो व्यानर बनाएर उडाएको थियो । प्रचण्ड–नेपाल समूहले कावासोतीका राजमार्ग छेउछाउका बिजुलीका पोलहरुमा पनि कालोझण्डा टाँगेका थिए ।


कार्यक्रम शुरु हुनुभन्दा केही समयअघि ठाउँठाउँमा कालोझण्डा टाँगेपछि मन्त्री रायमाझी आउनुभन्दा अघि कालोझण्डा र ब्यानर हटाउन प्रहरीलाई सकस परेको थियो ।

पुराना कावासोती बजारदेखि रामनगर चोकसम्म नेकपा प्रचण्ड नेपाल समूहका कार्यकर्ताहरुले विजुलीको पोल र प्रतिक्षालय अगाडि कालोझण्डा र ब्यानर टाँगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४