ब्रेकिङ न्युज:

संविधानको अन्तिम ब्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै छ : डा.चन्द्र भण्डारी

जागरणपोस्ट २७ पुष २०७७, सोमबार १४:२५

रुपन्देही : नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य चन्द्र भण्डारीले सर्वोच्चमा विचाराधिन विषयमा पूर्व प्रधानन्याधिसहरुले बोल्नु गलत भएको बताएका छन् । विधिको शासन र व्यवस्थाप्रति विस्वास गर्नेहरुले नै संसद विघटनका बारेमा सर्वोच्चमा विचाराधिन अवस्थामा रहेको विषयमा बोल्नु गलत भएको बताएका हुन् ।

रिपोटर्स क्लब लुम्बिनीले आज बुटवलमा गरेको साक्षात्कारमा बोल्दै उनले संसद विघटनको विषयमा सर्वोच्चले गर्ने फैसलालाई मान्नु पर्ने बताए । ‘संसद विघटन गर्न पाउने बारे अहिलेको संविधानमा कहि पनि उल्लेख गरिएका छैन, त्यसैले संविधानमा रहेका अस्पष्टता बारे व्याख्या गर्ने सर्वोच्च अदालतले हो ।’ उनले भने, सर्वोच्चले जे व्याख्या गर्छ त्यसलाई स्वीकार्नु पर्छ ।

वर्तमान सरकारले जनताका पक्षमा काम गर्न नसकिरहेको अवस्थामा केपी ओलीले संसद विघटन गर्नु सकारात्मक भएको उनले बताए । ‘करिव दुई तिहाई बहुमतको सरकार बनाएको सत्तारुढ दल नेकपामा जनताका बारेमा भन्दा बढी पदकै लागि झगडा भइरह्यो, उनको सरकारले कुनै काम गर्न नसक्ने भएपछि संसद विघटन गरेर चुनावमा जाने निर्णय गर्नु सकारात्मक हो ।’ भण्डारीले भने ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४