ब्रेकिङ न्युज:

उपभोक्ता ठग्ने उद्योगलाई जरिवाना

जागरणपोस्ट २७ पुष २०७७, सोमबार १४:३४

वीरगञ्ज  :   वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले खरीद बिलविजक नराख्ने, गुणस्तरहीन सामान बेच्ने तथा मूल्यसुची नराखी उपभोक्ता ठग्ने ८० फार्मलाई जरिवाना गरीे रु १९ लाख ८३ हजार असुली गरेको छ ।

सो कार्यालयले चालू आर्थिक वर्षको यही पुस १५ गतेसम्ममा रौतहट, बारा, सर्लाही, पर्सा, मकवानपुर र चितवनमा रहेको १४० व्यापारिक फार्ममा अनुगमन गरेको थियो । उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार ती फार्मलाई कारवाही गरी जरिवाना असुल गरेको कार्यालयका सूचना अधिकारी दिलीपखंग खत्वेले जानकारी दिए ।

यसैबीच विदेशी ‘लेबल’ लगाएर उपभोक्ता ठग्दै आइरहेका वीरगञ्ज महानगरपालिका वडा नं ६ रेशमकोठी चोकस्थित रहेका एसआर तयारी उद्योगमा स्थानीय प्रशासनले आइतबार छापामारी उद्योगलाई रु तीन लाख जरिवाना गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङको नेतृत्वको टोलीले सो उद्योगमा छापा मार्दा उद्योगले अन्तरराष्ट्रियस्तरको नाम चलेको कम्पनी एडिडास कम्पनीको टाउजर र द नर्थ फेस कम्पनीको नामको सुट उत्पादन गरी उपभोक्तालाई ठग्दै आइरहेको पाइएको थियो ।

टोलीमा सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक टीकाप्रसाद पोखरेल, वाणिज्य कार्यालयका निरीक्षक अधिकृत जीतबहादुर भण्डारीलगायतका सहभागि थिए । व्यापारीले म्याद गुज्रेको दैनिक उपभोग्यका सामान बेच्ने गरेको र मूल्यसुची नराखी उपभोक्तालाई ठग्न थालेको गुनासो आउन थालेपछि अनुगमनलाई तीव्रता दिइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

बालअधिकारको ग्यारेण्टी गर

नेताहरुको स्वागतको लागी जवर्जस्ती बालबालिकाको प्रयोग गम्भिर बालअधिकारको उल्लंघन हो। प्रदेश नं. २ अन्तर्गत बाराको कलैयामा प्रधानमन्त्री उपस्थित हुने सभामा आज गाडीका गाडी बालबालिका ओसारिएको

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४

विशेष सम्पादकीय – यौटा नालायकीपनाको पटाक्षेप

जागरणपोस्ट ५ पुष २०७७, आईतवार १६:००

संवैधानिक राजतन्त्र अर्को विकल्प

जागरणपोस्ट २१ मंसिर २०७७, आईतवार १०:११