ब्रेकिङ न्युज:

कांग्रेस र जसपा परित्याग गरी १ सय ५० जना राप्रपामा प्रवेश

जागरणपोस्ट २७ पुष २०७७, सोमबार १५:४४

रुपन्देही : नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी लुम्बिनी सांस्कृतिक नगरपालिकामा १ सय ५० जना राप्रपामा प्रवेश गरेका छन् । उनीहरुलाई राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहरा, स्थायी समिति सदस्य प्रदिप उदय, केन्द्रीय सदस्य गंगाराम जैसवाल, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा लगायतले पार्टीमा प्रवेश गराएका हुन् ।

राप्रपा लुम्बिनी सांस्कृतिक नगरपालिका, रुपन्देहीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता बोहराले ताजा जनादेशमा गए मुलुकले निकास पाउने बताए । त्यस्तै, राप्रपा रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले पछिल्लो समय राप्रपाप्रति जनताको आकर्षण बढ्दै गएको बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य तोयानाथ लम्साल, राप्रपा रुपन्देही जिल्ला उपाध्यक्ष चन्द्रशेखर पाण्डे, युवा नेता निरज प्रताप खांण, अर्जुन थापा, उमापति बरई, सौरभराज भण्डारी, मेघनाथ आचार्य लगायतले आआफ्नो भनाई राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४