ब्रेकिङ न्युज:

प्रधानमन्त्री कप क्रिकेटमा नवलपरासीद्वारा पाल्पा २७ रनले पराजित

जागरणपोस्ट २७ पुष २०७७, सोमबार १९:४९

भैरहवा : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुरुषतर्फको लुम्बिनी प्रदेश स्तरीय छनौट खेलमा आज समूह ‘ए’को नवलपरासीले पाल्पालाई २७ रनले पराजित गरेको छ । नवलपरासीको यो लगातार दोस्रो जित हो ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नवलपरासीले ७ विकेट गुमाई १ सय ३६ रनको योगफल बनाएको थियो । जवाफी ब्याटिङ गरेको पाल्पाले २३.४ ओभरमा सबै विकेट गुमाई १०९ रनमै समेटियो ।

मौसमका कारण आजको खेल २८ ओभरमा छोट्याइएको थियो । भोलि समूह ‘ए’ अन्तर्गत कपिलवस्तु र पाल्पाबीच प्रतिस्पर्धा हुनेछ ।

उता दाङको लमहीमा भएको समूह ‘बी’ को खेलमा बाँकेले बर्दियालाई २ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङ्ग गरेको बर्दियाले १४ दशमलव चार बलमा सबै विकेट गुमाएर मात्र ५८ रन बनाउन सक्यो । ५९ रनको झिनो लक्ष्य पक्ष्याएको बाँकेले १५ दशमलव दुई बलमा आठ विकेटको क्षतीमा लक्ष्य पुरा ग¥यो । भोलि समूह ‘बी’ अन्तर्गत बाँके र दाङबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

बालअधिकारको ग्यारेण्टी गर

नेताहरुको स्वागतको लागी जवर्जस्ती बालबालिकाको प्रयोग गम्भिर बालअधिकारको उल्लंघन हो। प्रदेश नं. २ अन्तर्गत बाराको कलैयामा प्रधानमन्त्री उपस्थित हुने सभामा आज गाडीका गाडी बालबालिका ओसारिएको

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४

विशेष सम्पादकीय – यौटा नालायकीपनाको पटाक्षेप

जागरणपोस्ट ५ पुष २०७७, आईतवार १६:००

संवैधानिक राजतन्त्र अर्को विकल्प

जागरणपोस्ट २१ मंसिर २०७७, आईतवार १०:११