ब्रेकिङ न्युज:

लोकतन्त्रको रक्षाका लागि रुपन्देहीमा ‘नागरिक आन्दोलन’ नामक सञ्जाल गठन

जागरणपोस्ट २७ पुष २०७७, सोमबार २०:००

रुपन्देही : रुपन्देहीमा लोकतन्त्रको रक्षाका लागि ‘नागरिक आन्दोलन’ नामक सञ्जाल गठन भएको छ । मुलुकमा एकपछि अर्काे गरि लोकतन्त्रमाथि खतरा बढेको र ब्यबस्थामाथि नै प्रश्न उठ्न थालेको भन्दै यसको बिरोधमा सञ्जाल निर्माण गरिएको हो । बुटवलमा भएको २५ संघसंस्थाको प्रतिनिधित्व सहितको एक भेलाले मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोबिन्द खनालको संयोजकत्वमा २५ सदस्यीय सञ्जाल गठन गरेको हो ।

सञ्जालको सहसंयोजकमा पत्रकार महासंघ रुपन्देहीका सहसचिब कमल रायमाझी र वुमन केयर नेपालका अध्यक्ष रिता केसी क्षेत्री रहनुभएको भने सचिबमा पुष्पलाल मित्रता केन्द्रका सचिब गुनाराम घिमिरे रहनुभएको छ ।
सञ्जालको सल्लाहकारमा बरिष्ठ पत्रकार बालकृष्ण चापागाइ, संविधानसभा सदस्य बिनोद पहाडी, नेपाल प्राध्यापक संघका अध्यक्ष डा बुद्धबहादुर थापा, पब्लिक क्याम्पस प्राध्यापक संघका केन्द्रिय अध्यक्ष गोपाल पाण्डे रहेका छन ।

भेलामा बोल्ने बक्ताहरुले प्रधानमन्त्री केपि शर्मा ओलीले संबिधानमाथि गरेको आक्रमणले सिंगो ब्यबस्था माथि नै प्रश्न उठाएको भन्दै असंबैधानिक कदमबा बिरुद्ध नागरिक समाज सडकमा आन्दोलित हुनुपर्ने बताएका थिए । उनीहरुले अदालतले यो मुद्धाको छिटो टुंगो लगाएर मुलुकलाइ निकास दिनुपर्ने समेत बताए ।

कार्यक्रममा संविधानसभा सदस्य बिनोद पहाडी, बरिष्ठ पत्रकार बालकृष्ण चापागाइ, नेपाल प्राध्यापक संघका अध्यक्ष डा बुद्धबहादुर थापा, मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोबिन्द खनाल, नेपाल बार काउन्सिलका सदस्य अधिबक्ता बाबुराम पाण्डे, राष्ट्रीय स्वाधीनताका लागि नागरिक मञ्चका अध्यक्ष पदम कार्की, ड्रीम देवदहका रुपन्देही अध्यक्ष सिद्धिचरण भट्टराई, पुष्पलाल मित्रता केन्द्रका अध्यक्ष गुणाराम घिमिरे, पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य बिक्रम खड्का,जवाफ देहिता निगरानी समितिका अध्यक्ष लालहरी पाण्डे, बुटवल जेसिजका अध्यक्ष गोपालप्रसाद चापागाइ, चांदनी नेपालका भवानी प्रसाद पाण्डे, परिवर्तनका लागि महिला समूहका अध्यक्ष रिता सेन ओली, माहुरी होमका रबि शंकर ठाकुर लगायतका संघसंस्थाका प्रतिनिधिहरुले संसद बिघटन गलत भएको बताएका थिए । संजालले तत्कालै मैनबैत्ती जुलुस र नागरिक सभा गर्ने तयारी समेत गरिएको संयोजक गोबिन्द खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४