ब्रेकिङ न्युज:

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

नेताहरुको स्वागतको लागी जवर्जस्ती बालबालिकाको प्रयोग गम्भिर बालअधिकारको उल्लंघन हो। प्रदेश नं. २ अन्तर्गत बाराको कलैयामा प्रधानमन्त्री उपस्थित हुने सभामा आज गाडीका गाडी बालबालिका ओसारिएको छ। देशका मूख्य राजनैतिक दल देखि लिएर क्षेत्रीय राजनीति गर्दै आएका राजनैतिक दलहरुद्वारा गरिने सभासम्मेलन, प्रचारप्रसार र उपस्थितिका लागी बालबालिकाको प्रयोग जति पिडादायी छ, उति नै निन्दनिय पनि छ। यस्ता कार्यमा संलग्न गराउन प्रेरणा दिने सम्बन्धित सवैलाई कारवाहिको दायरामा ल्याउनु आवश्यक छ।

बालबालिकासम्बन्धि ऐन २०७५ को नम्बर २३ मा बालबालिका सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐनको प्रस्तावनामा पनि बालबालिकाको अधिकारको सम्मान, संरक्षण, प्रवर्द्धन र परिपूर्ति गरी बालबालिकाको सर्वोत्तम हित कायम गर्न बालबालिका सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकोले
संघीय संसदले यो ऐन बनाएको छ भनेर परिभाषित छ।

नेताहरुको स्वागतको लागी भनेर स्कूलका कलिला बालबालिकालाई लामो समयसम्म लाईनमा जवर्जस्ती टंगाएर राख्ने प्रवृती अति घातक छ। लामोसमयसम्म यसरी बालबालिकाको प्रयोग गर्दा बालबालिकामा बेहोसी महसुस हुने, रिंगटा लाग्ने, भोक र प्यासको चरम शिकार हुने गरेको समाचार बारम्बार सार्वजनिक हुंदाहुंदै पनि यसरी बालबालिकाको झनपछि झन प्रयोग हुंदै आउनु भनेको बालअधिकारको क्षेत्रमा कृयाशिल निकायहरुको गम्भिर उदाशिनता मात्र नभै संकीर्ण मानशिकताको उपज पनि हो।

दल तथा नेताहरुको सभासम्मेलन, र्यालीहरुमा खाना पकाउनदेखि लिएर चुनावमा हिँडेकाहरूलाई सहयोग गर्ने, प्रचार प्रसारमा पोष्टर टाँस्ने, झण्डा बोक्ने, टी–सर्ट र क्याप, ब्याच लगाउनेमा १४र१५ बर्षदेखिका बालबालिकाहरूको प्रयोग भएको पाईन्छ। त्यसमा पनि बालिकाको तुलनामा बालकहरू बढी नै रहेको पाइएको छ।

बालबालिकालाई राजनिति,आन्दोलन, हिंसा, द्वन्द लगायतका बालमस्तिष्कमा गम्भिर असर पार्ने खालका कृयाकलापहरुवाट नितान्त अलग राख्नुपर्दछ। यसको लागी सवैभन्दा ठूलो चेतनाको स्रोत भनेको घरपरिवार र स्कूल नै हुनसक्दछन। तर, यस्ता कुराहरुको ख्याल नगरी वालवालिकालाई यस्तै संवेदनशील क्षेत्रहरुमा प्रयोग गराउंदा उनिहरुमाथी गम्भिर बालअधिकारको उल्लंघन मात्र नभै उनीहरुको मानशिक स्वास्थ्यमासमेत गम्भिर खेलवाड गरिईरहेको हुन्छ। खोई त यसतर्फ सम्बन्धित निकायहरुको ध्यान पुग्न सकेको ?

विगतको उदहरण प्रकट गर्ने हो भने सुर्खेतमा यौटि १३ बर्षिया बालिकाको तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालको स्वागतमा उंभ्याउंदा उंभ्याउंदै मैदानस्थलमै ज्यान गएको थिउओ। यौटि १३ बर्षिया बालिकामा कुन हदसम्मको राजनैतिक चेतना होला र उनीमाथी त्यो पिडादायी अवस्था आउन पुग्योरु उनि र उनीजस्ता कलिला नानीहरुलाई शिक्षाको अधिकारवाट वन्चित गरेर जवर्जस्ती प्रधानमन्त्रीको स्वागतमा लगाउनेमाथी पनि छानविन गरि कारवाही हुनुपर्दथ्यो, भने पिडित परिवारलाई सरकारले यथासक्य छिटो संवोधन गरि उचित राहत ब्यवस्थापनको लागी रत्ति पनि ढिला गर्नु हुन्थेन, जुन आजसम्म पनि हुन सकेको छैन।

स्वागत, सत्कार र आत्मियता भनेको स्वतफूर्त रुपमा निस्किने कुरा हो। कसैलाई जवर्जस्तीमा लिएर गरिने कुरा होईनन। विगतमा पनि स्कूल नै खाली गराएर वा जवर्जस्ती डर, त्रास र धम्की दिएर भएपनि नेताको स्वागतमा स्कूलका कलिला नानीहरुलाई दिनभर चर्को घाममा उंभ्याएका घटना सार्वजनिक भैरहेका हुन । फलस्वरुप बालबालिकामा रिंगटा लाग्ने, चक्कर आउने, बेहोस हुने जस्ता गम्भिर समस्या देखापर्थे। विद्यालयमा शिक्षक भनेको एक पवित्र ज्ञानवान गुरु मानिन्छ तर तिनै शिक्षकहरु राजनैतिक पार्टिका पहरेदार भैंदिदा बिद्यालय क्षेत्र पनि राजनैतिक हस्तक्षेपको चरम अवस्थामा पुगेको छ। फलस्वरुप विद्यालयमा बालबालिकाको पढ्नपाउने हकअधिकारमाथी पनि गम्भिर खेलवाड हुंदै आएको छ भने कुनै अमूक नेताविशेषका लागी तिनै कलिला वालवालिकालाई ढाल बनाईंदै आईएको छ। यस्ता विषयहरुमा शिक्षक जस्तो ज्ञानवर्धक र मर्यादित पेशावालले नै आंखा चिम्लिदिएपछि समग्र बालबालिकाको भविष्य नै ओझेलमा पर्न जान्छ।

विगतमा पनि राजनैतिक दलहरुले बालबालिकाको चरम दुरुपयोग गर्दै आईरहेका थिए, जुन निरन्तर छ। द्वन्द्वकालमा तत्कालीन माओवादीले हजारौं बालबालिकालाई उनीहरुको स्वतन्त्र भै पढ्न र बांच्न पाउने अधिकारमाथी गम्भिर कुठाराघात गर्दै उनीहरुलाई आफ्नो युद्दको मोर्चामा ढाल बनाएको थियो। फलस्वरुप कति बालबालिका मारिए, अंगभंग भए र कति बेपत्ता भए अझैपनी यकिन तथ्यांक बाहिर आउन सकेको छैन। युद्धको मोर्चामा माओवादीले सवैभन्दा पहिला वालवालिकालाई अंघाडी सार्ने गर्दथ्यो। बुर्जुवा शिक्षाको विरोध गर्दै भएका शैक्षिक संरचना भत्काउने, कितावहरु च्यातिदिने तथा उनिहरुकै भाषामा ञबुर्जुवा शिक्षाझ अध्यापन गराउने कतिपय शिक्षकहरुलाई पनि यिनिहरुले कारवाही चलाएका थिए। आजका दिनसम्म आईपुग्दा त्यहिं माओवादीका नेताहरुले तिनरतिनपटकसम्म सत्ताको रस्वादान गरिसक्ता पनि शिक्षा क्षेत्रमा प्रगती भने कछुवा गतिमा छ। हिंजो बुर्जुवा शिक्षा भनेर जलाईएका पाठ्यसामाग्री नै आजसम्म निरन्तर पठनपाठन हुंदै आईरहेका छन ।

त्यसैले, यो निष्कर्षमा पुग्न सकिन्छ कि कुनै अमूक दल या नेताको सन्काहटमा शान्तिक्षेत्र भनेर चिनिने शैक्षिक संस्थाहरु तारन्तार आक्रमणको शिकार बनेका छन। यसो हुनुमा शिक्षक राजनैतिक दलको कार्यकर्ता बनि राजनिती गर्न खोज्नु मूल कारण हो। यदि सांच्ची नै विद्यालय क्षेत्र सुधार गर्ने हो भने सवैभन्दा पहिला शिक्षकलाई राजनिती गर्नवाट वन्चित गरिनुपर्दछ र नेतृत्व तहले पनि वारम्बार बालबालिकाको प्रयोगप्रति माफी मागेर अंघी बढ्न सक्नुपर्दछ। तवमात्र विधालय सुधारमा पहिलो खुड्किलो उक्लिन सकिन्छ। नत्र भने बिधालय र बालबालिका सदैव नेताहरु र दलहरुका लागी प्रयोगशाला मात्र बन्ने निश्चित छ भने शैक्षिक प्रणाली पनि चरम राजनैतिक हस्तक्षेपले गर्दा धराशायी बन्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४