ब्रेकिङ न्युज:

प्रथम तिलोत्तमा नगरपालिका माविस्तरीय भलिबलको उपाधि कुंवरवर्ती र नवज्योति बोर्डिङ स्कूललाई

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार १०:०९

रुपन्देही : जिल्लाको तिलोत्तमा नगरपालिकामा संचालीत प्रथम तिलोत्तमा नगरपालिका माविस्तरीय छात्र(छात्रा भलिबलको उपाधि क्रमशः कुंवरवर्ती इङलिस बोर्डिङ स्कूल प्रदीपनगर र नवज्योति बोर्डिङ स्कूल चार नम्बरले हात पार्न सफल भएका छन् ।

सेन्ट जोसेफ मावि भलबारीलाई पराजित गर्दै कुंवरवर्तीले छात्रतर्फको उपाधि जितेको हो । छात्र भलिबलमा सेन्ट जोसेफ मावि उपविजेता र सिद्धार्थ बोर्डिङ स्कूल डिङगरनगर तेस्रो भएका छन् ।

यस्तै छात्रातर्फको फाइनलमा कुंवरवर्ती बोर्डिङ स्कूललाई पराजित गर्दै नवज्योति बोर्डिङ स्कूल चार नम्बरले उपाधि जितेको छ । छात्रातर्फ कुंवरवर्ती उपविजेता हुंदा सिद्धार्थ बोर्डिङ स्कूल तेस्रो भएको छ ।

छात्र र छात्रा दुवैतर्फको उपाधि विजेता,उपविजेता र तेस्रो हुने टिमले क्रमशः नगद ३० हजार, २० हजार र १० हजार रुपैया प्राप्त गरेका छन् ।
नगर खेलकुद विकास समिति तिलोत्तमाको आयोजना तथा कुंवरवर्ती इङ्गलीस बोर्डिङ स्कुलको संयोजनमा भएको प्रतियोगितामा छात्रतर्फ नगरका १८ र छात्रातर्फ ११ विद्यालयको सहभागिता थियो ।

यो प्रतियोगितामा विभिन्न विद्यालयबाट उत्कृष्ट खेलेका खेलाडी मध्येबाट छात्र र छात्रा दुबैतर्फ पहिलो चरणमा १८ जनाका दरले र ती मध्येबाट १२ जना खेलाडी छनोट गरी तिलोत्तमा नगरपालिकाको जुनियर टिम बनाइने छ । विभिन्न विधाका खेल प्रतियोगिताका लागि तिलोत्तमा नगरपालिकाले चालु आर्थिक वर्षमा ५० लाख रुपैयां वजेट छुट्टाएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

बालअधिकारको ग्यारेण्टी गर

नेताहरुको स्वागतको लागी जवर्जस्ती बालबालिकाको प्रयोग गम्भिर बालअधिकारको उल्लंघन हो। प्रदेश नं. २ अन्तर्गत बाराको कलैयामा प्रधानमन्त्री उपस्थित हुने सभामा आज गाडीका गाडी बालबालिका ओसारिएको

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४

विशेष सम्पादकीय – यौटा नालायकीपनाको पटाक्षेप

जागरणपोस्ट ५ पुष २०७७, आईतवार १६:००

संवैधानिक राजतन्त्र अर्को विकल्प

जागरणपोस्ट २१ मंसिर २०७७, आईतवार १०:११