काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले आगामी १० दिनमा १२ कक्षाको नतिजा प्रकाशन गर्ने तयारी गरेको छ ।
एनईबीका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले उत्तर पुस्तिका जाँच गरी प्रमाणीकरण गरिसकेको र अब डाटा एन्ट्रीको काम भइरहेको जानकारी दिए । उनका अनुसार परिणाम जनवरीको तेस्रो हप्ता सम्ममा आउने छ ।
१२ कक्षाको परीक्षा नोभेम्बर २४ देखि नोभेम्बर ३१ सम्म संचालन भउको थियो । जसमा ४ लाख ३३ हजार ८० जना परीक्षार्थी सहभागी भएका थिए ।
यस पटक कोरोना भाईरसको महामारीका कारण परीक्षा लगभग आठ महिना ढिला भएको थियो ।