ब्रेकिङ न्युज:

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

जागरणपोस्ट २९ पुष २०७७, बुधबार १०:५७

बलेवा  :   मध्यपहाडी लोकमार्गमा अनियन्त्रित भएर एक ट्रयाक्टर सडकदेखि खस्दा चालकको मृत्यु भएको छ । ध १ त ४७१२ नम्बरको खाली ट्रयाक्टर मङ्गलबार राति १० बजे बागलुङ नगरपालिका–३ बोक्सेगैह्रामा सडकदेखि १५० मिटर तल खसेको थियो ।

घटनामा म्याग्दीको धौलागिरि गाउ“पालिका–७ मुना घर भएका २९ वर्षीय चालक केशबहादुर पुन मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले बताउनभुयो । घटनामा सहचालक सकुशल भेटिएका थिए ।

मङ्गलबार नैै ढोरपाटन नगरपालिका–९ को नवचेतना प्राविकी शिक्षक मृत फेला परेकी छन् । स्थानीय भुजीखोलामा विद्यालय पोशाकमै उनको शव भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताउनुभयो । उनको झोला, मोवाइललगायतका सामान खोला छेउमै भेटिएका थिए । नहरको छेउबाट हिंड्दा लडेको जस्तो अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

बालअधिकारको ग्यारेण्टी गर

नेताहरुको स्वागतको लागी जवर्जस्ती बालबालिकाको प्रयोग गम्भिर बालअधिकारको उल्लंघन हो। प्रदेश नं. २ अन्तर्गत बाराको कलैयामा प्रधानमन्त्री उपस्थित हुने सभामा आज गाडीका गाडी बालबालिका ओसारिएको

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४

विशेष सम्पादकीय – यौटा नालायकीपनाको पटाक्षेप

जागरणपोस्ट ५ पुष २०७७, आईतवार १६:००

संवैधानिक राजतन्त्र अर्को विकल्प

जागरणपोस्ट २१ मंसिर २०७७, आईतवार १०:११