न्यायाधीश हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्लको इन्ट्री

जागरणपोस्ट २९ पुष २०७७, बुधबार ११:१८

काठमाडौँ : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज पनि सुनुवाई हुँदैछ । पुस २२ गतेपछि आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई हुन लागेको हो ।

२२ गते न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजलासमा नबस्ने घोषणा गरेपछि एकसाताका लागि पेशी सारिएको थियो । न्यायाधीश हरिकृष्ण कार्कीको ठाउँमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सपना प्रधान मल्ललाई इजलासमा राखेका छन् ।

न्यायाधीश मल्ल २०६४ सालको संविधानसभा निर्वाचनपछि तत्कालीन नेकपा एमालेको कोटाबाट समानुपातिक सभासद्समेत बनेकी थिइन् ।

आजको इजलासमा संसद विघटनविरुद्धको रिटको सुनुवाई संबैधानिक इजलासमै हुने या बृहत पूर्ण इजलासमा गर्ने भन्ने टुंगो लगाउने अनुमान गरिएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८