ब्रेकिङ न्युज:

अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु

जागरणपोस्ट २९ पुष २०७७, बुधबार १२:५४

डोटी :   शिखर नगरपालिका– ८ तिलताली नजीक अटो रिक्सा दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा शिखर– ३ का ५३ वर्षीय पदम जोराको मृत्यु भएको हो ।

घाइते हुनेमा शिखर–३ का १८ वर्षीय अर्जुन पार्की, सोही वडाका अटो चालक ४१ वर्षीय दीपक जोरा, ४० वर्षीय जीत जोरा र १७ वर्षीय नरेश पार्की रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।
घाइतेमध्ये दुई जनालाई जिल्लामा उपचार हुन नसकेपछि कैलाली सिफारिश गरिएको तथा दुई जनाको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ । अटोमा सात जना सवार रहेको र अन्य दुई जना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

बालअधिकारको ग्यारेण्टी गर

नेताहरुको स्वागतको लागी जवर्जस्ती बालबालिकाको प्रयोग गम्भिर बालअधिकारको उल्लंघन हो। प्रदेश नं. २ अन्तर्गत बाराको कलैयामा प्रधानमन्त्री उपस्थित हुने सभामा आज गाडीका गाडी बालबालिका ओसारिएको

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४

विशेष सम्पादकीय – यौटा नालायकीपनाको पटाक्षेप

जागरणपोस्ट ५ पुष २०७७, आईतवार १६:००

संवैधानिक राजतन्त्र अर्को विकल्प

जागरणपोस्ट २१ मंसिर २०७७, आईतवार १०:११