ब्रेकिङ न्युज:

बसको ठक्करबाट एक जनाको मृत्यु

जागरणपोस्ट २९ पुष २०७७, बुधबार १४:३४

सल्यान : यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा सल्यानमा एकजनाको मृत्यु भएको छ। शारदा नगरपालिका–६ बरला बजार नजिकै मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार शारदा–६ बरलाका ३० वर्षीय वीरेन्द्र भण्डारीको मृत्यु भएको हो।

ढोरचौरबाट श्रीनगर आउँदै गरेको ना ३ ख ९६४३ न को बसले श्रीनगरबाट बरला जाँदै गरेको रा ३ प ८७६७ न मोटरसाइललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण ओलीले जानकारी दिए। दुर्घटनामा घाइते भण्डारीको सल्यान जिल्ला अस्पताल खलंगामा उपचारको क्रममा मृत्यु भएको ओलीको भनाइ छ। ठक्कर दिने बस नियन्त्रण रहेको र चालक भने फरार रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

बालअधिकारको ग्यारेण्टी गर

नेताहरुको स्वागतको लागी जवर्जस्ती बालबालिकाको प्रयोग गम्भिर बालअधिकारको उल्लंघन हो। प्रदेश नं. २ अन्तर्गत बाराको कलैयामा प्रधानमन्त्री उपस्थित हुने सभामा आज गाडीका गाडी बालबालिका ओसारिएको

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४

विशेष सम्पादकीय – यौटा नालायकीपनाको पटाक्षेप

जागरणपोस्ट ५ पुष २०७७, आईतवार १६:००

संवैधानिक राजतन्त्र अर्को विकल्प

जागरणपोस्ट २१ मंसिर २०७७, आईतवार १०:११