ब्रेकिङ न्युज:

आतंकवादी मुलुकको सूचीमा राखेको भन्दै क्युबाद्वारा अमेरिकी कदमको निन्दा

जागरणपोस्ट २९ पुष २०७७, बुधबार १५:०५

हवाना :   क्युबाका राष्ट्रपति मिगेल डायाज–कनेलले आफ्नो देश क्युबालाई आतंकवादीलाई प्रश्रय दिने मुलुकको सूचीमा राखेकामा संयुक्तराज्य अमेरिकाको निन्दा एवं भत्र्सना गरेका छन् ।

राष्ट्रपति मिगेलले मङ्गलबार ट्वीट गर्दै क्युबाले जहिल्यै आतंकवादको विरोध गरिआएको र क्युबा अनावश्यक रुपमा दण्डित भएको बताए । उनले क्युबा कहिल्यै पनि आतंकवादलाई प्रश्रय दिने मुलुक नरहेको पनि बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा क्युबामाथि शत्रुतापूर्व व्यवहार गरिएको बताउँदै राष्ट्रपति मिगेलले आगामी बाइडेन प्रशासनमा दुबै मुलुकबीचको सम्बन्धमा सुधार हुने विश्वास व्यक्त गरे ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले क्युबालाई आतंकवादलाई प्रश्रय दिने मुलुकको सूचीमा राखेको घोषणा गरेलगत्तै क्युबाली राष्ट्रपति मिगेलले यस्तो प्रतिक्रिया दिएका हुन् । क्युबालाई सन् १९८२ मा अमेरिकाले आतंकवादलाई प्रोत्साहन गर्ने मुलुकको सूचीमा राखेको थियो तर सन् २०१५ मा बाराक ओबामा प्रशासनले उक्त प्रतिबन्ध फुकुवा गरेको थियो । तर राष्ट्रपति ट्रम्पले क्युबाबाट अमेरिकालाई खतरा अझै रहेको भन्दै कडा आर्थिक प्रतिबन्धहरु घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

बालअधिकारको ग्यारेण्टी गर

नेताहरुको स्वागतको लागी जवर्जस्ती बालबालिकाको प्रयोग गम्भिर बालअधिकारको उल्लंघन हो। प्रदेश नं. २ अन्तर्गत बाराको कलैयामा प्रधानमन्त्री उपस्थित हुने सभामा आज गाडीका गाडी बालबालिका ओसारिएको

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४

विशेष सम्पादकीय – यौटा नालायकीपनाको पटाक्षेप

जागरणपोस्ट ५ पुष २०७७, आईतवार १६:००

संवैधानिक राजतन्त्र अर्को विकल्प

जागरणपोस्ट २१ मंसिर २०७७, आईतवार १०:११