ब्रेकिङ न्युज:

मोटरसाइकल चोरी तथा बिक्री वितरण गरेको अभियोगमा ३ जना पक्राउ

जागरणपोस्ट २९ पुष २०७७, बुधबार १५:४७

भक्तपुर, २८ पुस : मोटरसाइकल चोरी तथा विक्री वितरण गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ गजुरी गाउँपालिका-४ बस्ने २५ वर्षीय राजन लामा, नुवाकोट दुप्चेश्‍वर गाउँपालिका-५ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-१ विरुवास्थित विन्दबासिनी मोटरसाइकल वर्कसप संचालक २९ वर्षीय सुनिल तामाङ र पर्सा वीरगंज राधेमाई नगरपालिका-६ घर भएका सोही वर्कसपका संचालक २० वर्षीय पप्पु पटेल रहेका छन् ।

गत शुक्रबार सूर्यविनायक नगरपालिका-१ सिरुटारमा राजन सवार बा. ९५ प ६४०५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त मोटरसाइकल चोरीको भएको खुलेको हुँदा राजनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने क्रममा बा. ७२ प ७९४९ नम्बरको मोटरसाइकल समेत उनीहरुले नै चोरी गरी सोही ठाउँ विरुवास्थित सुनिल र पप्पु पटेलको विन्दबासिनी मोटरसाइकल वर्कसपमा बिक्री गरेको खुल्न आएको थियो ।

उक्त नम्बरको मोटरसाइकलहरु महानगरीय प्रहरी वृत्त नयाँबानेश्‍वर काठमाडौंको वडा एरियाबाट चोरी गरेको भन्ने खुल्न आएकोले उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्‍वर काठमाडौंमा बुझाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

बालअधिकारको ग्यारेण्टी गर

नेताहरुको स्वागतको लागी जवर्जस्ती बालबालिकाको प्रयोग गम्भिर बालअधिकारको उल्लंघन हो। प्रदेश नं. २ अन्तर्गत बाराको कलैयामा प्रधानमन्त्री उपस्थित हुने सभामा आज गाडीका गाडी बालबालिका ओसारिएको

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४

विशेष सम्पादकीय – यौटा नालायकीपनाको पटाक्षेप

जागरणपोस्ट ५ पुष २०७७, आईतवार १६:००

संवैधानिक राजतन्त्र अर्को विकल्प

जागरणपोस्ट २१ मंसिर २०७७, आईतवार १०:११