ब्रेकिङ न्युज:

अभिभावकको गुहार : आफ्नो छोरालाई खोजिदिन सबै मिडिया तथा पुलिस प्रशासनलाई आग्रह

जागरणपोस्ट २९ पुष २०७७, बुधबार १६:१७

बागलुङ :  बागलुङ जिल्ला वडा नं ३ मिलनचोक ( सिनेमा रोड) बस्ने वर्ष १४ का रोशन वि. क नाम गरेका बालक यही पुस महिनाको ९ गतेदेखि घरबाट हराएका छन्। ९ गते बिहान घरमा आफ्ना बाबा लोकबहादुर वि. क सङ् जुत्ता किन्न भनी पैसा मागेका थिए। बुवाले पैसा नदिएपछि घरबाटै पैसा झिकेर हिँडेका थिए। आमासँग झगडा गरेर घर आउँदिन भनेर आफ्नो साइकल समेत लिएर निस्केको उनकी आमा दुर्गादेवी वि. क ले बताउनुभयो।

रोशनकी आमा दुर्गा ले छोरा रिसाएर घरबाट निस्केको छ, खाना खाने समयमा आउँछ भन्ने सोचिन्। तर छोरा आएनन्। छोरा नआएपछि आमाले खोज्दै जाँदा दिउँसो बजारमै साइकल चलाएको देख्नुभएको थियो। छोरालाई घर नजिकै देखेपछि घर आउँछ भनेर आमा दुर्गादेवी घर फर्कनु भयो। तर छोरा साँझ घर फर्केनन्।

पहिले पनि साथीको घरमा बस्ने भएका कारण राती नखोजिएको बताउनुहुन्छ, आमा दुर्गादेवी। भोलिपल्ट पनि घर नआएपछि रोशनका साथीभाइसँग बुझ्दा कसैकोमा पनि नगएको भन्ने खबर पाइएको थियो। छोरा तीन दिन सम्म पनि घर नआएपछि तेस्रो दिन पुलिसमा रिपोर्ट लेखाउन गएका थिए। जिल्ला प्रहरी कार्यालय बागलुङमा छोरा हराएको भनी रिपोर्ट लेखाएका परिवारले अहिलेसम्म छोराको खबर पाएका छैनन्।

रोशनका बुवा लोकनाथ भन्छन् पैसा हुँदासम्म बाहिर बस्ला सकिएपछि घर आउँछ भन्ने सोचेका थियौं तर हालसम्म पनि घर नाउँदा धेरै चिन्ता परेको भन्दै आफ्नो एकमात्र छोरा रोशनलाई खोजिदिन सबै मिडिया तथा पुलिस प्रशासनलाई आग्रह गर्नुभएको छ।

रोशन वि. क नाम गरेका उनको अर्को नाम दीपक वि. क पनि रहेको छ। स्कुलमा बोलाउने नाम दीपक रहेको उनका बुवाले बताउनुभएको छ। उनको हातमा मोबाइल नभएको र बुझ्दै जाँदा आफूले चलाउने साइकल पनि बेचेर गएको पाइएको छ।

उनकी आमा दुर्गादेवीले दिएको जानकारी अनुसार छोरा रोशनको बानी बुझ्दा उनी अलि रिसाउने, घरमा आमा सङ् झगडा गर्ने, पैसा चोर्ने गर्ने गर्दथे। उनका साथीभाइले भने अनुसार उनी पोखरा जाने भनेर निस्किएका थिए। आफ्ना आमा बाबा पोखरा गएकाले आफुपनि पोखरा जाने भनेर निस्किएका उनका साथीले बताएका थिए।

दुई छोरी र एक छोरा रहेका दुर्गादेवी र लोकबहादुर वि. क आफ्नो छोरा खोज्दै आज बुटवल आउनुभएको छ।
रोशनका बुवा आमा,,

यदि यिनी बालक कोही कसैले देख्नु भएमा यो फोन नम्बरमा संपर्क गर्नुहोला। 9847786921/ 9842905025

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

बालअधिकारको ग्यारेण्टी गर

नेताहरुको स्वागतको लागी जवर्जस्ती बालबालिकाको प्रयोग गम्भिर बालअधिकारको उल्लंघन हो। प्रदेश नं. २ अन्तर्गत बाराको कलैयामा प्रधानमन्त्री उपस्थित हुने सभामा आज गाडीका गाडी बालबालिका ओसारिएको

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४

विशेष सम्पादकीय – यौटा नालायकीपनाको पटाक्षेप

जागरणपोस्ट ५ पुष २०७७, आईतवार १६:००

संवैधानिक राजतन्त्र अर्को विकल्प

जागरणपोस्ट २१ मंसिर २०७७, आईतवार १०:११