काठमाडौँ : प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा शुक्रबारसम्मका लागि स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा आज भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।
आज बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने कि संवैधानिकमा भन्नेबारे बहस भएको थियो । प्रधानन्यायाधीश जबराले शुक्रबारसम्मका लागि इजलास स्थगित भएको जानकारी गराएका हुन् ।
प्रतिनिधिसभा विघटनविरुद्धका निवेदन बृहत् पूर्ण इजलासमा लैजान आजको बहसमा सरकारी पक्ष असहमत देखिएको थियो ।