ब्रेकिङ न्युज:

नेकपाको विवाद प्रदेशमा प्रवेश हुन नदिने लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको भनाई

जागरणपोस्ट २९ पुष २०७७, बुधबार १९:४७

रुपन्देही : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपाको विवाद प्रदेशमा प्रवेश हुन नदिने बताएका छन् । उनले लुम्बिनीमा दल विभाजित नभएको बताउँदै प्रदेश सरकारमा समेत त्यसको असर नपरेको स्पष्ट पारे ।

माघी पर्वका अवसरमा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले भने ‘प्रदेशसभामा दल एक छ । अहिलेसम्म कसैले अलग भएको घोषणा गरेका छैनन्, त्यसलाई विभाजित गर्ने कुरा स्वीकार्य पनि हुँदैन ।’

राष्ट्रिय राजनीति द्वन्द्वमा प्रवेश गरेको भएपनि प्रदेशमा सुन्दर ढंगले सहकार्य भएको बताउँदै उनले आफूहरुले नमुना प्रकारको राजनीतिक संस्कार अवलम्बन गरेको दाबी गरे । उनले प्रमुख प्रतिपक्ष दलसँग पनि सहकार्य भएको जानकारी दिए । पोखरेलले सत्तासीन नेकपाको अन्तरविरोधलाई प्रादेशिक तहमा नपार्न समेत अपिल गरे । त्यस्तै लुम्बिनी प्रदेश ७ वटा प्रदेशमा अब्बल भएको दाबी गर्दै प्रदेशको विकासमा लागि परेको बताए ।

लुम्बिनी प्रदेश सरकारले प्रत्येक वर्ष माघीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दैै आएको छ । कार्यक्रममा प्रदेश प्रमुख धर्मनाथ यादव, सभामुख पूर्ण बहादुर घर्ती, मन्त्री र सांसदहरु सहभागी थिए । लुम्बिनी प्रदेशले माघीको अवसरमा दुई दिन बिदा समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

बालअधिकारको ग्यारेण्टी गर

नेताहरुको स्वागतको लागी जवर्जस्ती बालबालिकाको प्रयोग गम्भिर बालअधिकारको उल्लंघन हो। प्रदेश नं. २ अन्तर्गत बाराको कलैयामा प्रधानमन्त्री उपस्थित हुने सभामा आज गाडीका गाडी बालबालिका ओसारिएको

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४

विशेष सम्पादकीय – यौटा नालायकीपनाको पटाक्षेप

जागरणपोस्ट ५ पुष २०७७, आईतवार १६:००

संवैधानिक राजतन्त्र अर्को विकल्प

जागरणपोस्ट २१ मंसिर २०७७, आईतवार १०:११