काठमाडौं : काठमाडौंको भद्रकालीमा बस दुर्घटना हुँदा ३ जना घाईते भएका छन् । बिहीवार बिहाने भद्रकालीस्थित आकाशे पुलमुनि बस दुर्घटना भएको हो ।
पुरानो बसपार्कबाट चन्द्रागिरि जान लागेको बा ३ ख ४४३७ नम्बरको बस आकाशे पुलमुनि पल्टिँदा तीन जना घाइते भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
घाइते हुनेहरूमा बसका चालक, सहचालक र एक यात्रु रहेका छन् । दुर्घटनामा कुनै मानवीय क्षती नभएपनि बसका चालक नुवाकोट घर भएका २४ वर्षीय अर्जुन तामाङको दाहिने हातखुट्टामा गम्भीर चोट लागेको छ । बसका सहचालक र यात्रु भने सामान्य अवस्थामा रहेका छन् ।