भ्रष्टाचारी प्रधानाध्यापकद्वारा नगरपालिका कार्यालयमा तोडफोड

Bijay Gyawali ११ असार २०७६, बुधबार १८:४२

विदेह नगरपालिका कार्यालयमा बुधबार ढुंगामुढा र तोडफोड भएको छ ।
नगरपालिकाको कारबाहीमा परेका जनता नमुना मावि गिद्धा, बेलापट्टीका प्रधानाध्यापक पवन मण्डलले बुधबार नगरपालिका कार्यालयमा ढुंगामुढा र तोडफोड गराएको मेयर बेचन दासको आरोप छ ।
‘हामीले कारबाही गरेर सरुवा गरेको प्रअ पवन मण्डलले ३०–४० जनाको समूहमा मान्छे ल्याएर नगरपालिका कार्यालयमा ढुंगामुढा र तोडफोड गराएका हुन्’ मेयर दासले भन्नुभयो, ‘अस्ति बालबालिका प्रयोग गरेर कार्यालयमा तालाबन्दी गराएका थिए । शिक्षकको काम पढाउनु हो । राजनीति गर्नु होइन । तर पवन मण्डल गुण्डागर्दीमा उत्रेका छन्। ’
ढुंगामुढाबाट नगरपालिकाले भाडामा प्रयोग गरेको गाडी, कार्यालयको झ्यालको सीसा र भित्र पार्किंग गरिएको केही मोटसाइकलमा समेत क्षति पुगेको मेयर दासले जानकारी दिनुभयो । ढुंगामुढा हुँदै गर्दा प्रहरी पुगेपछि उनीहरु भागेको मेयर दासको भनाइ छ ।
विद्यालयमा भ्रष्टाचार गरेको भन्दै नगरपालिकाले गएको वैशाख ५ गते प्रअ पवन मण्डललाई कारबाही गरी अर्को विद्यालयमा सरुवा गरेपछि विवाद चुलिएको हो ।
सरुवापछि नगरपालिका र कारबाहीमा परेका प्रअ मण्डलबीच विवादका कारण विद्यालयको पठन पाठनसमेत प्रभावित भएको छ भने समय समयमा शिक्षक र विद्यार्थीसमेतले एक अर्को पक्षबाट प्रदर्शन गर्दै आएका छन् ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८