एजेन्सी : भारतका सामाजिक कार्यकर्ता तथा भ्रष्टाचार विरोधी अभियन्ता अन्ना हजारेले फेरि भोक हड्ताल गर्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठ्ठी लेख्दै उनले किसानहरुका मागहरु पूरा नभए भोक हड्ताल गर्ने चेतावनी दिएका हुन् ।
मोदीलाई पठाइएको पत्रमा उनले अहिलेसम्म पाँच पटक चिठ्ठी लेखेको तर एक पटक पनि त्यसको जवाफ प्राप्त नभएको उल्लेख गरेका छन् । ‘सरकारले न त चिठ्ठीको जवाफ दियो न त किसानहरुका माग पूरा गर्न चासो देखायो’, हजारले भनेका छन्, ‘त्यसैले फेरि भोक हड्ताल गर्ने निर्णयमा पुगेको छु ।’
सरकारको उदासिनताका विरुद्ध आफूले जनवरीको अन्त्यतिर दिल्लीको रामलीला मैदानमा भोक हड्ताल गर्ने उनले बताएका छन् । उनले यो आफ्नो अन्तिम भोक हड्ताल होस् भन्ने कामना समेत गरेका छन् ।
यसअघि उनले सन् २०१८ र २०११ मा दिल्लीमा लोकपाल विधेयक माग गर्दै भोक हड्ताल गरेका थिए ।