ब्रेकिङ न्युज:

गौरी मल्लको आज ५४ औं जन्मजयन्ती, देश तथा विदेशबाट शुभकामना दिइंदै

जागरणपोस्ट २ माघ २०७७, शुक्रबार ११:२७

काठमाण्डौ : नेपाली चलचित्र क्षेत्रको एक प्रभावशाली नायीकाको रुपमा चिनीने नाम हो गौरी मल्ल । गौरी मल्ल नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन् । उनले धेरै नेपाली तथा केही विदेशी चलचित्रमा समेत काम गरिसकेकी छिन् ।

आज उनको ५४ औं जन्मजयन्तीको अवसर पारेर देश तथा विदेशमा रहेका शुभचिन्तकहरुले उनलाई शुभकामना दिईरहेका छन् ।

सेनामा कार्यरत बाबु धनबहादुर मल्ल र आमा हेमकुमारी मल्लबाट बि.सं २०२३ साल माघ २ गते आईतवार तदनुसार १५ जनवरी सन् १९६७ मा काठमाडौंको बाँसबारीमा नायिका गौरी मल्लको जन्म भएको हो ।

कान्ति ईश्वरी विद्यालयमा प्रारम्भिक शिक्षा लिएसँगै उनको बाल्यकाल बाँसबारीमै बितेको थियो भने बाबुको सरुवासँगै केही बर्ष पाल्पाको बसाई पनि भएको थियो । बि.सं २०४३ कात्तिक २२ गते होटल ब्लू स्टारमा चलचित्र सन्तानको मुहूर्त भएसँगै विधिवत रूपमा उनको चलचित्र जीवनको यात्रा प्रारम्भ भएको हो । प्रकाश थापा निर्देशित चलचित्र ‘कन्यादान’ लाई भने गौरीले आफ्नो जीवनको ’टर्निङ पोइन्ट’ मान्छिन् ।

अभिनयको सुरुवात :

गीत गुन्गुनाउन मन पराउने उनी आफ्नो पारिवारिक माहोल बीच नै कलाकार वसुन्धरा भुसालको सम्पर्कमा आउन पुगेकी थिईन् । जसले गर्दा पनि उनको चलचित्र यात्रा सुरुवात हुन पुगेको थियो । बि.सं २०४३ सालमा पाल्पाबाट फर्किएसँगै वसुन्धरा भुसालबाट ‘सन्तान’ चलचित्रको लागि कलाकारको व्यापक खोजी भइरहेको उनले जानकारी पएपनी सुरुमा फिल्मी क्षेत्रमा प्रवेश गर्ने उनको रहर थिएन ।

पछि वसुन्धरा भुसालको सहयोग एबं प्रेरणाले राजी भएकी उनलाई आउट लुक त्यति राम्रो नहुनाले निर्माताहरुले सोझै ’नो’ भन्न नसकेर स्क्रीन टेस्टमा लिएका थिए । अरुलाई छोटो र सहज संबाद बोल्न लगाइएपनि उनको भागमा लामो संबाद दिई पहिलो चराणमा नै आउट गर्न खोजिएको थियो । तर फ्रस्ट टेकमा नै ओके भइन् गौरी ।

स्क्रिन टेस्टको लागि आएकाहरुको भिडमा नायिका करिश्मा मानन्धर पनि थिईन । करिश्माको रुप रंग देखेर संसारमा यस्तो सुन्दर मान्छे पनि हुदो रहेछ है भन्ने कुरा गौरीको स्मरणमा आजसम्म पनि ताजा नै छ ।

चलचित्र, टेलिचलचित्र लगायत बि.सं २०४५ तिर चलचित्र ’सन्तान’का निर्माता भगवानदास श्रेष्ठको प्रस्तावमा उनले जापानको एनएचके टेलिभिजनका लागि नेपालमा क्यामराको सुरुवातबारे डकुमेन्ट्रीमा पनि काम गरेकी थिईन् ।

पहिलो पारिश्रमिक :

चलचित्रको सम्झौता पत्र अनुसार पहिलो नायिका गौरी र दोस्रोमा करिश्मा लेखिएको थियो भने चलचित्र करार पत्रमा उनको लागि ८ हजार पारिश्रमिक तोकिएको थियो । पहिलो तलबको रूपमा पाएको ८ हजार रुपैँया आमालाई चोखै लगेर दिएको स्मरण अझै पनि उनमा ताजा नै छ ।

पहिलो अवार्डः

चलचित्र खेल्न वर्षौं कुर्नुपर्ने सो समयमा उनले यस बीचमा टेलिश्रिङखलाहरुमा पनि आफुलाई प्रस्तुत गरेकी थिईन् । बि.सं २०४५ तिर लय संग्रौलाको निर्देशनमा बनेको टेलिचलचित्र ‘श्रद्धा’मा एक पाकी महिलाको अभिनयमा आफुलाई प्रस्तुत गरेकी गौरीले सोही टेलिचलचित्रबाट कामना साँझमा पहिलो अवार्ड पाएकी थिईन् ।

सन्तान चलचित्रबाट अभिनय यात्रा थालेकी गौरी मल्लले पिरती, कन्यादान, चोट, सरस्वती, चेलिबेटी, चाहनालगायत ५० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४