काठमाडौँ : नेपाली बजारमा शुक्रवार सुनको मूल्य तोलामा ४ सयले बृद्धि भएको छ ।
हिजो बिहीबार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार १ सय रहेको थियो भने आज सुनको मूल्य ४ सयले बृद्धि भई प्रतितोला सुन ९२ हजार ५ सय कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार रहेको छ ।
महासंघका अनुसार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बृद्धि भएको छ । बिहीबार प्रतितोला चाँदीको मूल्य १२ सय ४५ रहेको थियो भने आज प्रतितोला चाँदी १२ सय ६० कायम भइ कारोबार भइरहेको छ ।