ब्रेकिङ न्युज:

प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता : आर्मीले गर्यो विजयी शुरुवात

जागरणपोस्ट २ माघ २०७७, शुक्रबार १८:२७

काठमाडौं : कप्तान विनोद भण्डारीको शतक र राजेश पुलामी मगरको पाँच विकेटको सहयोगमा आर्मीले चौथो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

आज भएको पहिलो खेलमा गण्डकीलाई ९८ रनले हराउँदै आर्मीले विजयी सुरुवात गरेको हो । जितका लागि २ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी ४८ ओभरमा विकेट गुमाउँदै १ सय ८९ रन बनायो । तल्लोक्रममा कप्तान बिपिन खत्रीले २५ बलमा २ चौका र ४ छक्का सहित ३७ रनमा अविजित रहे ।

गण्डकीका युवा ब्याट्सम्यान समिर कंडेलले ९० बलमा ५ चौका सहित सर्वाधिक ५० रनको योगदान दिए । युवा तीव्र गतिका बलर आकाश चन्दले चौथो ओभरको पहिलो बलमा ओपनर दीपेश खत्रीलाई १ रनमा एलबिडब्लू आउट गरेका थिए । दोस्रो विकेटका लागि अर्जुन कुमाल र समिरले ५२ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए । रोहित कुमार पौडेलले १७ औं ओभरको अन्तिम बलमा जितेन्द्र मुखियाबाट ३६ रनमा क्याच गराउँदै साझेदारी तोडे । अर्जुनले ५४ बलमा ६ चौका प्रहार गरे ।

दीपक डुम्रे ४५ बलमा ४ चौका सहित २६ रनमा क्याच आउट भए । अविषेक थापा ९, विष्णु पान्डे १२, अमृत गुरुङले १, विशाल पौडेलले २ र सुबास भण्डारी शून्यमा क्याच आउट भए ।
लेग स्पिनर राजेश पुलामी मगरले ९ ओभरमा २ मेडन सहित २५ रन खर्चेर ५ विकेट लिए । अर्का पार्टटाइम स्पिनर भिम सार्कीले ७ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । आकाश चन्द र रोहित कुमार पौडेलले १–१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मीले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८७ रन बनायो । कप्तान विनोद भण्डारीले ७६ बलमा ९ चौका र ५ छक्का सहित १ सय ११ रनमा अविजित रहे । भण्डारीले ७३ बलमा ९ चौका र ४ छक्का सहित शतक पूरा गरेका थिए । अमृत गुरुङको ४९ औं ओभरको अन्तिम बलमा एक रन बटुल्दै विनोदले शतक पूरा गरेका थिए । भण्डारीको यो अन्तर्राष्ट्रिय र राष्ट्रिय दुबै प्रतियोगितामा पहिलो शतक हो ।

अन्तिम बलमा आउट भएका युवा ब्याट्सम्यान लोकेश बमले ३० बलमा ३ चौका र २ छक्का ४२ रनमा क्याच आउट भए । छैटौं विकेटका लागि विनोद र लोकेशले १ सय ३ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । आर्मीलाई ओपनर हरिकृष्ण झा र राजु रिजालले १८।४ ओभरमा ६३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । बाँकी १५ रन जोड्न प्रमुख दुई ब्याट्सम्यान गुमाएपछि गण्डकी खेलमा पूनरागमन गरेको थियो ।

कप्तान बिपिन खत्रीले दीपेश खत्रीबाट झालाई १४ रनमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाए । २१ औं ओभरको चौथो बलमा बिपिनलेनै विकेटकिपर राजु रिजाललाई ४५ रनमा एलबिडब्लू आउट गर्दै दोस्रो सफलता दिलाए । राजुले ७१ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
स्पिनर विशाल पौडेलको २२ औं ओभरको तेस्रो बलमा रोहित कुमार पौडेल ठूलो सट खेल्नेक्रममा मिडअनमा चन्द्रकान्त पौडेलबाट १० रनमा क्याच आउट हुन पुगे ।

विशाललेनै २६ औं ओभरको पाँचौं बलमा भिम सार्कीलाई १५ रनमा कट एण्ड बोल्ड आउट गरेका थिए । छैटौं विकेटका लागि लोकेश र विनोदले रनको आक्रामक साझेदारी गर्दै बलियो योगफलमा पुर्याए । विनोद र राजेश पुलामी मगरले पाँचौं विकेटका ७३ रनको साझेदारी गरेका थिए । राजेश ५२ बलमा ४ छक्का प्रहार गर्दै ३८ रनमा क्याच आउट भए । ४० औं ओभरको अन्तिम बलमा राजेशलाई दीपेशले समिर कंडेलबाट क्याच गराउँदै अर्धशतकीय साझेदारी तोडेका थिए ।

विशाल पौडेलले १० ओभरमा ५७ रन खर्चेर २ विकेट लिए । कप्तान बिपिन खत्रीले १० ओभरमा १ मेडन सहित ७५ रन खर्चेर २ विकेट लिए । दीपेश खत्री र चन्द्रकान्त पौडेलले १–१ विकेट लिए ।

गण्डकीले दोस्रो खेल माघ ५ मा प्रदेश १ सँग मुलपानीमा खेल्ने छ । आर्मीले माघ ४ मा कर्णालीसँग मुलपानीमा खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४