ब्रेकिङ न्युज:

वुहान पुगेपछि डब्ल्यूएचओ विशेषज्ञ क्वारेन्टिनमा

जागरणपोस्ट २ माघ २०७७, शुक्रबार १९:१०

बेइजिङ :  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को एक अन्तर्राष्ट्रिय विशेषज्ञ टोली बिहीबार चीन आइपुगेपछि वुहानको एउटा होटलमा क्वारेन्टिनमा रहेको चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिचियानले बताएका छन्।

डब्लुटिओको १३–सदस्यीय टोलीले कोभिड–१९ को उत्पत्तिको बारेमा चिनियाँ वैज्ञानिकहरुसँग संयुक्त वैज्ञानिक अनुसन्धान गर्ने पनि झाओले सञ्चारमाध्यमहरूसँगको कुराकानीमा बताए ।

न्यूक्लिक एसिड परीक्षण अनुगमनमा संलग्न चीनको नियमहरू वर्तमान विश्वव्यापी महामारीको स्थितिको आधारमा र अन्य देशहरूद्वारा गरिएको व्यवस्थाको आधारमा तर्जुमा गरिएको पनि उनले बताए ।

यो अभियानको उद्देश्य महामारी रोकथाम र नियन्त्रण सुनिश्चित गर्दै चिनियाँ र विदेशी कर्मचारीहरूबीच आपसमा अनुभव आदानप्रदानको ग्यारेन्टी गर्नु रहने भएको उनको दावी थियो ।

“महामारीको रोकथाम र नियन्त्रणका साथै सुरक्षाको रक्षार्थ ‘क्रस इन्फेक्सन’को जोखिमलाई न्यूनीकरण गर्नु पनि चीनले कमाएको उपलब्धी रहेको र यसको उक्त टोलीले प्रशंसा गरेको बताइएको छ ।

चीनले महामारीको रोकथामसम्बन्धी नियम र आवश्यकताको कडाईका साथ पालन गर्नेछ र डब्ल्यूएचओ विशेषज्ञहरूलाई सहयोग पुर्‍याउनेछ । चीनले वुहानमा रहँदा उक्त टोलीलानई भाइरसको उत्पत्ति पत्ता लगाउन सहयोग पुर्‍याउने पनि झाओले बताए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४