बुटवल : उर्जा जलस्रोत तथ सिचाई मन्त्री टोपवहादुर रायमाझीले अब चुनावमा जानुको विकल्प नरहेको बताएका छन् । सरकारले अस्थिताको विकाल्पमा चुनाव रोजेको भन्दै उनले अब देश निर्वाचनमा होमीएको दाबी गरेका छन् ।
रिपोटर्स क्लव नेपाल लुम्बिनीले आज बुटवलमा गरेको कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य समेत रहेका रायमाझीले अव सडक नभइ चुनावमा जान आन्दोलनरत पक्षलाई आग्रह गरे ।
रायमाझीले सरकारलाई सडकमा फालेर देशलाई अराजकता तर्फ लैजाने चलखेलबाट बचाउन प्रतिनिधि सभा भंग गर्न बाध्य भएको समेत उल्लेख गरे । उनले प्रचण्ड–माधब नेपालकै कारण यो अवस्था आएको दाबी गरे ।
उर्जामन्त्री रायमाझीले एमसिसीको निर्णय तुरुन्त गर्नु पर्ने बताए । खारेज गर्ने या लागू गर्ने भन्ने अलमलमा बस्न नहुने भन्दै रायमाझीले घनिभूत रुपमा छलफल गरी निर्णयमा पुग्ने उल्लेख गरे । रायमाझीले लोडसेडिङ्ग अन्त्य गर्ने कार्ययोजना आफ्नै रहेको दावी समेत दाबी गरे ।