ब्रेकिङ न्युज:

दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाट निष्कासन गर्ने

जागरणपोस्ट २ माघ २०७७, शुक्रबार १९:२८

काठमाडौं : नेकपाको दाहाल–नेपाल समूहले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाट निष्कासन गर्ने भएको छ । दाहाल–नेपाल समूहको आज पेरिसडाँडामा बसेको बैठकले पार्टीबाट निष्काशन गर्नका लागि ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

यसैगरी महासचिव विष्णु पौडेलले समेत पार्टी निर्णय विपरित कामकारबाही गरेकाले उहाँलाई कारबाही गर्ने निर्णय गरेको नेता भीम रावलले बैठकपछि जानकारी दिनुभयो ।

प्रतिनिधि सभा विघटन गरेको भन्दै दाहाल–नेपाल समूहले पुस ७ गते अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाएको थियो । स्थायी कमिटी बैठकले अन्य पदाधिकारी र सदस्यलाई भने कारबाही गरेको छैन ।

यस्तै बैठकले आगामी माघ १६ गते काठमाडौं हुने राजधानी केन्द्रित प्रदर्शनलाई प्रभावकारी बनाउन आन्तरिक तयारी र जनपरिचालन गर्ने निर्णय गरेको छ । बैठकले आगामी तीन दिनभित्रमा पार्टीका रिक्त पदहरुमा नियुक्ति गर्ने र एकताका बाँकी कामहरुलाई पनि टुंगो लगाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४