कपिलवस्तु : नेपाली काँग्रेसकी केन्द्रिय सदस्य डा. डिला संग्रौलाले केपी ओली नेतृत्वको सरकारले प्रतिनिधीसभा बिघटन गरेर असंबैधानिक कार्य गरेको बताएकी छन् । नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले तौलिहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेतृ संग्रौलाले प्रतिनिधीसभा बिघटन बिरुद्ध पार्टीले वडास्तरको बिरोध अगाडी बढाएको भन्दै काँग्रेसले संबिधानको रक्षालाई प्राथमिकतामा राखेको बताईन् ।
संसद बिघटन गर्न नपाउने बिषयमा पुर्व सभामुख सुवास नेम्वाङ्ग र महान्याधिवक्ता अग्नि खरेलले केहि समय राखेको बिचारको भिडियो अहिले चर्चामा आउनुले सो कार्य असंबैधानिक भएको प्रष्टिएको संग्रौलाको जिकीर थियो ।
संबिधानको संरक्षणको जिम्मेबार राष्ट्रपति रबर स्ट्याम्प भएको उनको भनाई छ । काँग्रेस स्वतन्त्र न्यायपालिकाको पक्षपाती रहेकाले सर्वोच्च अदालतको संबैधानिक ईजलासमा बहसको बिषय बनेको सो बहस संबिधानलाई टेकेर होस भन्ने पार्टी मान्यता रहेको उनले धारणा राखिन् ।