ब्रेकिङ न्युज:

न्युरेम्बर्ग : नाजी दस्ताबेजको संग्रालय

जागरणपोस्ट २ माघ २०७७, शुक्रबार २३:४७

बभेरिया राज्यको दोश्रो ठुलो शहर न्युरेमबर्ग प्राचिन वास्तुकलाले सजिएका दरबारका अतिरिक्त दोश्रो बिश्वयुद्दमा नाजी युद्ध अपराधको सुनुवाई गर्न गठन गरिएको न्युरेम्बरबर्ग ट्रायलका कारण पनि बिश्वप्रसिद्द छ । न्युरेम्बरबर्ग ट्रायललाई मानव इतिहासमा सबैभन्दा ठुलो युद्द अपराध सम्बन्धि मुद्दामा गणना गरिन्छ । नाजी जर्मनीको नेतृत्व पंक्तिमा रहेका सैनिक र राजनितिक व्यक्तिहरुलाई हलोकास्ट र अन्य युद्ध अपराधमा संलग्न भएको अभियोग लगाउने उद्देश्यले अलाइड फोर्सले युद्द अपराध सम्बन्धि अदालत गठन गरेका थिए । न्युरेम्बर्ग शहर नाजी पार्टीको औपचारिक जन्मस्थल मानिन्थ्यो ! यहि शहरमा पार्टीको बार्षिक अधिवेशन, प्रचार-प्रसार र जुलुसहरु आयोजना हुने गर्थे । सायद त्यहि कारण हुनसक्छ अदालत पनि यहि शहरमा स्थापना गरिएको थियो ।

न्युरेमबर्ग ट्रायल १९४५ नोभेम्बर महिनामा सुरु भयो । ट्रीबुनलमा अमेरिका, बेलायत, सोभियत संघ र फ्रान्स समेत चार रास्ट्रका ८ न्यायधिस संलग्न थिए । एक बर्ष लगायर अदालतले प्रमुख युद्द अपराध सम्बन्धि मुद्दा अध्ययन गर्यो । युद्द अपराधको अभियोगमा यो अदालतले हिटलरका निकटतम सहयोगीहरु रिबेनट्रोप, रोजेनबर्ग, गोरिंग, विलियम फ्रिक, हान्स फ्रयांक लगायत १२ जनालाई मृत्युदण्डको सजाय सुनायो । गोरिंगले सजाय सुनाउने अघिल्लो रात नै आत्महत्या गरेकोले बाँकी ११ अपराधीलाई फासी दिइयो । केहिले आजिवन कारावासको सजाय पाए भने केहि नाजी उच्च पदाधिकारीलाई सफाई दिइएको थियो ।

यस्ता घटना फेरी नदोहोरिउन भन्ने बिषयमा जर्मन नागरिकहरु अत्यन्त सचेत छन् । युद्ध अपराध र ट्रायल सम्बन्धि दस्ताबेजहरु भावी पिढीकालागि सुरक्षित राख्न बभेरिया राज्यले सन् १९९८ मा यो बिशाल संग्रहालय स्थापना गर्ने निर्णय गरेको थियो । रोमको बिस्वप्रसिद्द कलोजियम आकारमा रहेको यो संग्रालयमा नाजी कालका अधिकतम दस्ताबेजहरुलाई सुरक्षित राखिएको छ ।

न्युरेमबर्ग ट्रायलले युद्ध अपराध सम्बन्धि मामिलामा एक नजिर स्थापना गरेको थियो र आजपर्यन्त त्यो ट्रायलले गरेका निर्णयहरुलाई मानकका रुपमा लिने गरिन्छ । अपराध अमुक ब्यक्तिले गर्ने भएकोले त्यसको भागिदार पनि त्यहि व्यक्ति मात्रै हुनु पर्दछ । युद्ध अपराधका मामिलामा सिंगो जाती, समुदाय वा राजनैतिक पार्टी दोषी हुन सक्दैन भन्ने अदालतको निश्कर्ष थियो ।

जीवा लामिछाने फेसबुकबाट।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९