ओली समूहले काठमाडौँमा अगुवा कार्यकर्ता भेला गर्दै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

जागरणपोस्ट ३ माघ २०७७, शनिबार ११:५७

काठमाडौँ : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहले काठमाडौँमा अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ ।

आज  दिउँसो १ बजे तिनकुनेस्थित रोयल बैंक्वेटमा हुने प्रदेश १ का अगुवा कार्यकर्ता भेलामा दाहाल-नेपाल समूहले कार्यकर्तातहमा पुर्‍याएको भ्रम चिर्ने रणनीति एवं चुनाव केन्द्रित प्रशिक्षण दिन लागिएको जनाइएको छ ।

भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि विभाजित बनेको नेकपाको दुबै समूह एकअर्काविरूद्ध उत्रिएका छन् । त्यसयताका समानन्तर बैठकले एकले अर्कालाई कारबाही गर्दै आफू नै आधिकारिक भएको दाबीसहित जन-सभामा उत्रिएका छन् ।

प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा समेत पुगेको अवस्थामा अदालते यस मुद्दाको छिनोफानो नगर्दासम्म वैशाखमा नै चुनाव वा प्रतिनिधिसभा पुनर्स्थापना भन्ने विषय अन्योलमा रहेको  छ ।

चुनाव अन्योलमा रहिरहँदा प्रधानमन्त्री ओलीले दैनिक जसोका सम्बोधनमा समयमै निर्वाचन हुने बताउदै आएका छन् भने त्यसलाई चुनौती दिने गरी दाहाल-नेपाल समूह आन्दोलनमा छ ।

दाहाल-नेपाल समूह कांग्रेससँग मिलेर प्रधानमन्त्री ओलीलाई अप्ठ्यारो पार्ने रणनीतिमा पनि लागेको छ ।

तर, कांग्रेसले यसमा अझै पनि प्रष्ट संकेत नदिएपछि उक्त समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले बुधबार साँझ बुढानिलकण्ठस्थित देउवा निवासमै पुगेर फकाउने प्रयाससमेत गरेका छन् ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६