ब्रेकिङ न्युज:

प्राविधिक शिक्षालयको पढाइ खुला आकाशमुनि

जागरणपोस्ट ३ माघ २०७७, शनिबार १७:५४

आवश्यक भौतिक पूर्वाधार नहुँदा भेरी नगरपालिका–५ काफलचौरस्थित जाजरकोट बहुप्राविधक शिक्षालय खुला आकाशमुनि सञ्चालन भएको छ । विद्यार्थी दैनिक खुला चौरमा कार्पेटमा बसेर पढ्न बाध्य भएका छन् ।

शिक्षकले कालोपाटी बाँसको खम्बामा झुण्ड्याएर पढाउने गरेका छन् । विद्यार्थी चौरमा बिछ्याइएको कार्पेटमा बसेर सिकाइ गर्छन् । वर्षात्, हावा र चर्को घाम लाग्दा शिक्षालयको पढाइ बन्द गर्नुपर्ने अवस्था रहेको छ ।

कुर्सी, बेञ्च, दराजलगायत फर्निचरसमेत छ्रैनन् । शौचालय र खानेपानीको समेत व्यवस्था नहुँदा विद्यार्थी तथा शिक्षक हैरान भएका छन् । शिक्षक र विद्यार्थी शौचालयको अभावमा जङ्गलमा गएर दिसापिसाब गर्न बाध्य भएको विद्यार्थी सरस्वती केसीले जानकारी दिनुभयो । चारकोठे भाडाको कच्ची घरमा कार्यालय तथा आवास सञ्चालन भइरहेको शिक्षालयमा गत पुसदेखि पठनपाठन शुरु भएको थियो ।

शिक्षालयमा डिप्लोमा वन विज्ञान, पशु विज्ञान र सिभिल इञ्जिनीयरिङको पढाइ सञ्चालन गर्दै आएको शिक्षालय प्रमुख दानबहादुर ठकुरीले जानकारी दिनुभयो । तीन वर्षअघि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट शिक्षालय सञ्चालनको स्वीकृति पाएको थियो । काफलचौरमा शिक्षालयको नाममा २२ रोपनी जग्गा रहेको छ ।

यस शिक्षालयको प्रथम वर्षको वन विज्ञानमा ३७, सिभिल इञ्जिनीयरिङ ४८ र पशु विज्ञानतर्फ २९ जना विद्यार्थीले अध्ययन गरिरहेको प्रमुख ठकुरीले बताउनुभयो । यहाँका नेताले परिषद्बाट शिक्षालयको स्वीकृति ल्याउन जति जोड गरे तर शिक्षालयले स्वीकृति पाइसकेपछि पूर्वाधार निर्माण तथा गुणस्तरीय पठनपाठन सञ्चालन गर्नतर्फ कुनै पनि ध्यान नदिएको ठकुरीको भनाइ छ ।

भवनसमेत नहुँदा प्राविधिक शिक्षा जस्तो विषयमा कसरी पढाइ गर्ने भन्ने समस्या रहेको बताउँदै उहाँले भन्नुभयो,‘‘न ल्याब, न फर्निचर छ । पिउने पानीसमेत तीन किलोमिटर टाढाबाट बोकेर ल्याउनु पर्ने बाध्यता रहेको छ ।” पढ्ने ठाउँ नजिकै स्थानीयवासीका घर नहुँदा एक घण्टा टाढाको छिप्रेना गाउँमा बास बस्नु परेको विद्यार्थीले पीडा सुनाए । शिक्षालय खलङ्गा सदरमुकामदेखि झण्डै १२ किलोमिटर टाढा पश्चिमस्थित काफलचौरमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४