ब्रेकिङ न्युज:

रुपन्देहीमा ५ वर्षीया बालिका बलात्कृत

जागरणपोस्ट ४ माघ २०७७, आईतवार २०:००

बुटवल :  रुपन्देहीमा ५ वर्षीया बालिका बलात्कृत भएकी छिन् । तिलोत्तमा कोटिहवामा बस्ने ५ बर्षिय बालिका पसल जाने क्रममा बलात्कृत भएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जनाएको छ । बलात्कारको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा वडा नं-१२ घर भएका हाल तिलोत्तमा नगरपालिका–१३ बबनी बसेर मजदुरी गर्ने होमबहादुर विक लाई पक्राउ गरेको छ ।

माघ १ गते साझ ५ बजे घरबाट पसल जान निस्किएकी बालिका बेलुका करिब ७:४५ बजेसम्म घर नफर्केपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले खोजतलास गर्ने क्रममा तिलोत्तमा–१५ कोटिहवामा खेत नजिकै खोल्सामा बालिकालाई गम्भिर अवस्थामा फेला परेको प्रहरीको भनाई छ । मुखमा चोटपटक लागेकी बालिकाको गम्भिर अवस्थामा काठमाडौँ टिचिङ अस्पतालमा उपचार भैरहेको छ ।

बालिकालाई पहिला रुपन्देहीको सरकारी अस्पताल र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारको लागि पठाए पनि उपचार हुन नसकेपछि काठमाडौँ वीर अस्पताल पठाइएको थियो । वीर अस्पतालमा पनि उपचार सम्भव नभएपछि टिचिङ अस्पताल रिफर गरिएको हो । शनिबार बिहान शल्यक्रियापछि बालिकाको अवस्था अहिले केही सुधारउन्मुख रहेको प्रहरीले जानकारी दिएको छ ।

बिहीबार बालिका हराएको सूचना आएपछि खोज्ने क्रममा बालिकालाई नजिकै रहेको स्थानीयको खेत नजिकै खोल्सामा अचेत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख उपरीक्षक प्रविण पोखरेलले जानकारी दिए । बलात्कार आरोपी युवकलाई अदालतबाट म्याद थपको लागि आइतबार जिल्ला अदालत रुपन्देही पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४