ब्रेकिङ न्युज:

एचआइभी एड्सबाट एक किशोरीको मृत्यु

जागरणपोस्ट ५ माघ २०७७, सोमबार ०८:५३

राजविराज :  सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जित झाले जानकारी दिनुभयो ।

एचआइभी एड्सको लक्षण देखिएका किशोरीलाई स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि दुई साताअघि गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । नौ वर्षअघि एचआइभी एड्सबाट बाबुआमा गुमाएकी छोरीको समेत सोही कारणले मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा झाले बताउनुभयो ।

उहाँका अनुसार विसं २०६८ वैशाख १ गते एचआइभी एड्सबाट आमाको मृत्यु भएको तीन दिनपछि बुबाको समेत सोही कारणले मृत्यु भएको थियो । मृतक अमैयाका १२ वर्षीय भाइसमेत एचआइभी एड्सबाट पीडित भएको र नियमित औषधि खाने गरेको पारिवारिक स्रोतले जनाएको छ ।

दुर्घटनामा एकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–८ गिरधारी राइस मिल अगाडि आइतबार भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१ज २४५२ नम्बरको सुमो गिरधारी राइस मिल अगाडि रोकी राखेको स१त २५१२ नम्बरको ट्र्याक्टरमा ठोक्किएको थियो ।

सो दुर्घटनामा परी सुमोको पछाडि सवार झापा जिल्लाको शिवसताक्षी नगरपालिका–११ डुरामणि बस्ने २५ वर्षीय रुपेश लिम्बूको मृत्यु भएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिनुभयो । दुर्घटनामा परी गम्भीर घाइते भएका लिम्बूको उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा घाइते भएका सुमो चालक पाँचथर जिल्ला फिदिम नगरपालिका–३ बस्ने ३४ वर्षीय टेकबहादुर दर्जीको उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज सप्तरी पठाइएको छ । सुमोमा सवार अर्का झापाकै गौरादह नगरपालिका–४ बस्ने ३६ वर्षीय जितबहादुर श्रेष्ठको दाहिने हात भाँचिएको छ । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४