ब्रेकिङ न्युज:

सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

जागरणपोस्ट ५ माघ २०७७, सोमबार १८:२३

काठमाडौँ :  काठमाडौँ महानगरपालिका–१४ रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आज विद्युत् चुहावट हुँदा आगलागी भएको छ । महानगरीय प्रहरी परिसरका अनुसार आज दिउँसो २ बजे लागेको आगो करीब ३ बजे नियन्त्रणमा आएको थियो । विद्युत् चुहिएर अपार्टमेन्टको तेस्रो तलाबाट आगलागी भएको परिसरका प्रवक्ता प्रमेश बिष्टले जानकारी दिए ।

सो क्रममा प्रहरीले २३ जनालाई उद्धार गरेको र केही घाइते रहेको जनाइएको छ । घाइतेमध्ये दुई जनाको अस्पतालमा उपचार भइरहेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरबाट आएका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयवासीले आगो निभाएका थिए । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४