ब्रेकिङ न्युज:

प्रचण्डको आत्मघाती अभिव्यक्ति

जागरणपोस्ट ५ माघ २०७७, सोमबार २०:५८

बिजय ज्ञवाली//

हिंजोमात्रै प्रचण्डले अब शाकाहारी आन्दोलनले भएन, मांसाहारी आन्दोलन गर्नुपर्छ भनेर कुर्लिए। दुई/चार हजार कार्यकर्तामाझ के पुगेका थिए, जोंशमा होस गुमाऊँदै `प्रचण्डले मेरो टाऊको चिलाएको छ, अब डण्डा खाएर चिलाएको टाऊको ठिक पार्नुछ´ मात्र भनेन कार्यकर्तालाई हिंस्रात्मक आन्दोलनमा समेत उत्रन आव्हान गरेका छन।

यो देशमा ठुला आन्दोलनहरु भए, कथित जनयुद्ध भयो। जनयुद्धमा राज्य र तत्कालिन माओवादी पक्षबाट गरेर १७ हजार आम नागरिकको कत्लेआम गरियो। त्यस्तै, हजारौंको संख्यामा नागरिकलाई अङ्गभङ गरियो, बासस्थान उडाईयो र बिस्थापित गरियो। सामाजिक विद्वेशको विजारोपण गरियो। त्यस्तै कथित आन्दोलनका नाममा पनि सयौं मारिए, हजारौं घाइते बनाईए, घरवार उजाडिए, सामाजिक विद्वेश फैलाईयो। जनयुद्ध या जनआन्दोलन जुनसुकै आन्दोलन भएता पनि आखिर मारिए को? घाईते भए को र परिवार उजाडियो कसको त? आखिरमा जनता नै चौतर्फी घानमा परेका होईनन?

र, अझै पनि प्रचण्डले जनता /कार्यकर्तालाई हिंस्रात्मक आन्दोलनमा उत्रीन आव्हान गरेका छन। प्रचण्डले यस्तो डरलाग्दो आव्हान गर्दागर्दै अब पनि यो नसोध्ने कि आखिर किन र कसका लागि हिंस्रात्मक आन्दोलनमा उत्रने? जनताको लागि या शाषकका लागी? जनताको लागि भए २००७ पछिका आन्दोलन र युद्धले जनताको जिवनशैली र आम सामाजिक परिवेशमा के कस्तो परिवर्तन आयो त? जनताको जिवनस्तर उकासियो? जनताले सुख र शान्तिको अनुभव गर्न पाए त? स्वदेशमैं गरिखाने वातावरण बन्यो त? विदेशमा गएर चर्को परिश्रम गर्नुपर्ने बाध्यता हट्यो त? समाजहरु सुरक्षित भए त? शिक्षा र स्वास्थ्यजस्तो नितान्त आधारभूत आवश्यकताहरु पूरा भए त? भएनन भने किन भएनन र हिंजोका सर्वहारा भनाऊँदा तपाईं नेताहरुको जिवनशैली चाहिँ किन अत्यासलाग्दो तरिकाले बदलिएर गयो? अझै पनि तपाईंहरुकै खातिर हामीले कहिलेसम्म बलिदानी दिईरहने? कहिलेसम्म तपाईंहरुको गोटी बनिरहने र कहिलेसम्म जनतालाई गुमराहमा पारिरहने भनेर सोध्ने कि नसोध्ने त? एकपटक छातीमा हात राखेर सोंचौ त !

यति भन्दैगर्दा एकपटक खलिल जिव्रानका यी हरफहरु सम्झनामा आए- एकजना धनाड्डय तानाशाह ब्याक्ति न्यायको कुर्सीमा बसेको थियो। उसका दायाँ बायाँ देशका एक से एक बिद्द्वानहरु कानूनका ठेली लिएर तयार अवस्थामा थिए। सुरक्षाको लागि सुरक्षाकर्मीहरु चनाखो अवस्थामा थिए। मंचभन्दा बाहिर सयौं मान्छेहरु अपराधीलाई कसरि र कस्तो सजायं मिल्छ भनेर साह्रै उत्सुकताका साथ उँभिएका त थिए तर, सबैले आ-आफ्नो गर्धन झुकाएका थिए। सबै चुप थिए, सबैले श्वास रोकिएलाझैं गरेर भित्र भित्रै दबाऊने कोसिस गर्दथे। कारण धनाड्डय तानाशाहको आँखा तिनिहरु माथी पनि नपरोस। यत्तिकैमा धनाड्डयले ठूलो स्वरमा भन्यो- अपराधीलाई एक एक गरेर मेरो सामुन्ने खडा गर र भन कि कुन अपराधीले कुन अपराध गरेको हो।

सानो अपराध त हो नि भन्ने भ्रममा पर्दैगर्दा हामीले ठूलै अपराध गरिरहेका हुन्छौं भन्ने सायद हामीलाई हेक्का हुन्न, तर पनि हामी फेरि भन्नेगर्दछौं- त्यो न्याय थियो, अपराध होईन भनेर- खलिल जिब्रानको उपन्यासबाट साभार माथीका यी दुई हरफहरु एकपटक पुनश्च: प्रचण्डको हिंजोको अभिव्यक्तिसंग जोडेर हेर्न मन लाग्यो।

प्रथमत: हामी त्यो देशका बासिन्दा हौं, जहाँ हाम्रा शाषकले खुलेआम ५ हजार नागरिक मारेको खुलेआम छाती फुलाएर स्विकार्छ। स्विकार्छ मात्र होईन उत्तिकै गर्वसाथ सार्वजनिक रुपमैं कुर्लिन्छ- हो, १७ हजारमध्ये ५ हजार मैले मारेको हुँ, अर्थात मेरो नेतृत्वको पार्टिका नेता कार्यकर्ताले मेरै निर्देशनमा मारेका हुन र त्यसको भागिदार म हुँ, त्यसको जिम्मा तपाईं मलाई दिनुहोस, म जिम्मा लिन तयार छु भनेर सार्वजनिकरुपमैं भनिरहँदा तरररर तालीको गुन्जावटले प्रचण्डको अपराधलाई अनुमोदन गर्ने हामी त्यहिं देशका नागरिक हौं।

एकजना होईन, दूईजना हैन, कथित जनयुद्धमा मारिएका त १७ हजारभन्दा बढि हुन। १७ हजारमध्ये पनि ५ हजार आम नागरिकको कत्लेआम गरेको मैले हो भनेर भन्दा मंचबाट तररर ताली र गडगडावट गुन्जिनुले के हामीले हामीलाई नागरिकको दर्जामा राख्न मिल्छ? यौटा युद्धअपराधीले ५/५ हजार आम नागरिक मारेको स्विकार्छ- मंचबाट तालीको वर्षा हुन्छ। यस्तो दृष्यले पनि मानवजातीलाई मानवकै वर्गमा राख्न सुहाऊला र?

हामी नागरिक कि रैती? कि हाम्रो मूल्य नै नभएको हो? जनयुद्धको नाममा मुला छप्काएझैं आम नागरिक छप्काईयो। जसले नागरिक छपछप्ति छप्काए, तिनैले यो देशको वागडोर सम्हालेका छन, यो देशका भाग्यविधाता बनेका छन। अन्तत: यति हजार मान्छे मारेको मैले हो- त्यसको जिम्मा म लिन्छु भन्दा दर्शकदिर्घाबाट तालीको गडगडाहटले संकेत के गर्छ? हामी जनता के सांच्चिकै संवेदनाहिन र विवेकहिन भएकै हौँ त? हामीले खोजेको परिवर्तनमा हामी दासी नै हुनुपर्छ, शाषकले मनपरी बोल्न र गर्न पाऊनुपर्छ भन्ने हाम्रो स्विकारोक्ति हो?

आखिर दास मानशिकता बोकेका हामी नागरिक रहेछौं, जो कहिल्ल्यै सुध्रीन चाहन्नौं। हामीलाई परिवर्तन, स्वतन्त्रता र विकाश त चाहिएको छ- तर हामी दास मानशिकताबाट भने उम्किन चाहन्नौं। यदि हामीमा परिवर्तनसंगै चेतना पनि पलाऊँथ्यो भने आज कसैले ५/५ हजार जना मान्छे मारेको दुत्कर्म यौटा सार्वजनिक ठाऊँमा छाती फुलाएर भाषण गर्दैगर्दा सायद हामीले तालीको गडगडाहाटले उक्त अपराधपूर्ण अभिब्यक्तिलाई अनुमोदन गर्दैनथ्यौं होला।

यौटा सभ्य एवं शिक्षित समाजले सहि र गलत के हो यसबारेमा निरन्तर जानकार एवं सचेत रहन्छ भने हाम्रोजस्तो समाजले अपराधलाई पनि हदैसम्म अनुमोदन गर्दोरहेछ भन्नेकुरा प्रचण्डको उक्त अभिब्यक्तिको दृष्यले देखाएको छ। सम्भवत: कानूनको पालना गर्ने सभ्य एवं समृद्ध देशहरुमा सायद यतिखेर युद्धअपराधीहरु युद्ध अपराधको आरोपमा कानूनको भागिदारी बनिसकेका हुन्थे। तर, हाम्रोमा विडम्वना नै भन्नुपर्छ, युद्धअपराधीले ५/५ हजार मान्छे मारेको मात्र स्विकार्दैन, उल्टै देश र जनताको भाग्यविधाता बनेर राज्यको निर्णायक भूमिकामा उँभिएको हुन्छ र हामी नागरिकले त्यस्ता युद्धअपराधीलाई निरन्तर अनुमोदन गर्दै आईरहेका हुन्छौं।

एकातर्फ जनयुद्धको औचित्य आजका दिनसम्म पनि पुष्टि हुन सकिराखेको छैन भने अर्कातर्फ हिजो सर्वहारावर्गको मुक्तिको लागी भनेर राज्यसत्तासंग लडेको माओवादी नेताहरु शान्तिप्रक्रियामा आएदेखिको आश्चर्यलाग्दो जिवनशैली देखेर सबैले जिब्रो टोक्दैगर्दा प्रचण्डको उक्त स्विकारोक्तिले केहि समर्थकहरुको ताली पाएता पनि नेपाली राजनितिले बारम्बार तरंगित हुनुपरेको छ। अलिक धेरै भिड र तालीको गडगडाहट देख्यो कि हौसिईहाल्ने बानीले गर्दा प्रचण्डका बेलाबेलाका अभिब्यक्तिले नेपाली राजनिति तरंगित हुनेगरेको छ भने प्रचण्डले आफ्ना अभिब्यक्तिहरुलाई अवसर, प्रयोग र घुर्कीका रुपमा प्रयोग गर्दै आएका छन।

“१७ हजारमध्ये ५ हजारको जिम्मेवारी लिन्छु” माघी पर्वको अवसरमा पोहोरसाल प्रचण्डले बोलेको अभिव्यक्ति हो यो। ५ हजारको जिम्मेवारी लिएर प्रचण्डले गर्ने के हुन? अनि ५ हजार मान्छे मार्नु भनेको के चानचुने कुरा हो? ५ हजार संख्या के सानो संख्या हो? ५ हजार मान्छे त मरे, तर ती ५ हजार मान्छेसंग जोडिएका अन्य मान्छेको जीवन तहसनहस भयो कि भएन त? त्यसको जिम्मा कसले लिने? मर्ने र मारिने त गईहाले, तिनिहरुसंग सम्बन्धित अन्य परिवार र जिवनको केकस्तो विजोग छ, समुदायमा कसरी बाँच्नुपरेको छ, जिन्दगीको गर्जो कसरी चलेको छ? पीडा कसरि पिएर बाँचेका छन? के यस्ता सवालले प्रचण्डको मन पग्लिएला त?

हो, प्रचण्डले ५ हजार मान्छे मारेछन। आफै स्विकार गरेको यस आततायी हर्कतले गर्दा अब प्रचण्डले अपराधको भागिदार बन्ने कि नबन्ने त? युद्धअपराधको आरोपमा नेपालको प्रचलित कानून आकर्षित हुने कि नहुने त?

मुलुकी अपराध संहिता ऐन २०७४ भाग २ को परिच्छेद १ ले राज्यविरुद्ध कसूर गर्ने कसूरदारलाई सजांयको व्यवस्था गरेको छ। उक्त परिच्छेदको दफा ४९ को उपदफा १ र २ अनि दफा ५२ को उपदफा २ को खण्ड `क´, दफा ५३ को उपदफा १ र २ तथा दफा ५७ को उपदफा १ र २ मा राज्यको विरुद्ध कसूर गर्ने जोसुकैलाई पनि जन्मकैदको ब्यवस्था गरेको छ।

जनयुद्धका बिरुद्ध प्रमाण संकलन गरिरहेकाहरुका लागि प्रचण्डको उक्त अभिव्यक्ति निकै ठूलो प्रमाण हो। जोसमा होस गुमाऊने प्रचण्डले युद्धअपराधको नाममा नेपालमा प्रचलित कानूनबमोजिम जन्मकैदको सजायं भोग्नुपर्ने हुन्छ।

युद्धअपराधको नाममा प्रचण्ड जेल जालान र जन्मकैदको सजायं भोग्लान भनेर त हामीले कल्पना पनि नगरौं। प्रचण्ड सत्ता र शक्तिको नजिक होऊन्जेल र समग्र राज्यप्रणालीमाथी कब्जा जमाऊंदासम्म प्रचण्डलगायतका युद्धअपराधीहरु जेल जानू त परैको कुरा, नेपालको कानूनले समेत छुन सक्नेछैन।

ठूलालाई ऐन, सानालाई चैन– नेपालको कानून त्यसै भनिएको हैन। ५/५ हजार आम नागरिकको कत्लेआम गरेको स्विकार्ने प्रचण्डजस्ता नेताहरुलाई नेपालको कुनैपनि कानूनले छुन नसक्नु र सामान्य कसूरमा आम नागरिक धरपकडमा पर्नुको सायद यहिं दृष्टान्त हुन्छ कि- कानूनका आँखा पनि बिभेदकारी छन यो देशमा।

भोलीका दिनमा राजनितिमा भुईँचालो नै आएछ भने अलग कुरा हो, नत्र आजका दिनसम्म अन्तर्राष्ट्रिय अदालत हेग गएर बिश्वमाझ झनै हिरो भएर निस्किन्छु भन्ने प्रचण्डको धम्की र ५ हजार मान्छे मारेको जिम्मा मलाई दिनुहोस भनेर खुल्लमखुल्ला गर्वले बोल्नुमाझ कुनै तात्विक अन्तर पर्नेवाला छैन, नेपालका कुनै पनि कानून, नियम र अदालतले प्रचण्डलाई छुनेसम्म छैन। हामी जनताले पनि ५/५ हजार मान्छे मारेको होस भनेर औंला उठाऊने पनि छैनौं जवसम्म यो देशमा प्रचण्डहरु निर्वाध भाषण गरिरहनेछन तवसम्म, हामीले यौटा युद्धअपराधीले अपराध गरेको हुँ भन्दासम्म ताली बजाऊन छोड्दैनौं। यो देशको दुर्भाग्य नेता होईनन, हामी जनता नैं हौँ।

राजनीति र राज्यका निकायहरूमा बढ्दो आपराधिक प्रवृत्तिको मुख्य स्रोत पार्टी, यसका नेता, कार्यकर्ता र चुनावी पद्धती नै हो । यस्तो मुहान साफ नगरी राष्ट्रिय राजनीति मात्र होइन राज्यका अन्य अङ्ग र निकायहरू पनि सुध्रिन सक्ने अवस्था हुँदैन । यसका लागि आपराधिक र समाजविरोधी क्रियाकलापसँग जोडिएका नेता, कार्यकर्तालाई किनारा लगाउने र इमान्दार–नैतिकवान् नेता–कार्यकर्तालाई स्थापित गर्दै जानु अनिवार्य हुन्छ । असामाजिक र आपराधिक घटनामा संलग्न नेता–कार्यकर्ताको साथै राज्यको विभिन्न अङ्ग र निकायमा रहेकाहरूलाई निर्ममतापूर्वक सजायको भागीदार बनाउनु आवश्यक हुन्छ । सबभन्दा बढी समस्या सत्तासीन नेकपा, प्रमुख विपक्षी पार्टी नेपाली कांगे्रस र क्षेत्रीय मधेश केन्द्रित दलमा नै छ।

नेपाली राजनीति र लोकतन्त्र अहिलेको स्थितिमा हुनुमा राजनीतिक नेतृत्वको असफलता हो भन्न हिच्किचाउनुपर्दैन। खासगरी वर्तमान राजनीतिक संकटको समयमा त यो अत्यन्त स्पष्ट ढंगबाट देखिएको छ। एउटा पक्ष शक्ति र सत्ताका लागि अकल्पनीय चतुर्यापई र धुर्त्याइलाई रणनीति बनाएर खेलिरहेको छ, अर्को पक्ष छिर्के दाउलाई रणनीति बनाएर खेलिरहेको छ। राजनीति सत्ता राजनीतिको अभिष्ट होइन। जनताको समृद्धि, राष्ट्रिय गौरवको निर्माण र त्यसका लागि आर्थिक र सामाजिक रुपान्तरणका भरोसायुक्त कार्यक्रमद्वारा नयाँ सभ्यताको निर्माण नै राजनीतकिो अभिष्ट हुनुपर्छ। यस कुरालाई आत्मसात गरेर लोकतान्त्रिक शक्तिहरुले जनताको पक्षमा विकासका एजेण्डा र त्यसका लागि खडा भएका अवरोध विश्लेषण गर्दै आमजनतामा किन नयाँ जनमत र जनादेश आवश्यक छ भनेर अगाडि बढ्नुपर्ने थियो। तर उनीहरुले त्यसो गर्न चाहिरहेका छैनन् र आफूसँगै राष्ट्रलाई समेत असफल बनाइरहेका छन्।

नेताहरूले सबैभन्दा धेरै प्रयोग गर्ने शब्दहरू देश, जनता, राज्य र राष्ट्र । बडो साधारण प्रश्न छ कि देश के हो ? राज्य के हो ? राष्ट्र के हो ? र जनता को हुन् ? उत्तर पनि सरल छन् । यी यति धेरै साधारण र कोमल शब्दहरू हुन् कि यी शब्दहरूसँंग नत जिस्किन मिल्छ, न व्यंग्य गर्न । यस्ता विषयमा राजनीतिले पक्ष अथवा विपक्ष निर्माण गर्न पनि मिल्दैन । त्यसो त यी शब्दहरूको उस्तै अर्थ र उपादेयता पनि छैन । त्यसैले भनिन्छ, यी शब्दहरूसँंग ‘राजनीति’ गर्नुहुन्न । तर हाम्रा नेताहरू विचित्र स्वर र भावभंगिमासाथ यस्तै शब्दहरूमाथि राजनीति गर्छन् । लाग्छ, उनीहरू नै यी शब्द, अर्थ र भावका निर्माता र मालिक हुन् । वस्तुत: यो यति डरलाग्दो ‘नाटक’ बन्छ कि लाग्छ, हाम्रा नेताहरू देश, जनता, राज्य र राष्ट्रमाथि सबैभन्दा धेरै खेलवाड गरिरहेका छन् ।

अहिलेसम्म हामीले नेपाल किन बन्न सकेन त भनी व्यापक बहसहरु र लेखहरु लेख्यौं, सुन्यौं अनि पढ्यौं। हामीहरुले चलाएका बहस, लेख एवं वाणीहरुले आमजनमानसमा चेतनाको स्तर उकास्नमा मद्दत पुर्यायो या पुर्याएको छैन त, अनुसन्धान भएको छैन। तैपनि पछिल्लो परिवर्तनको लहरसंगैं हामिहरुले केही हदसम्म संयम, सक्षम एवं सभ्य जिवनशैली जिउन सिक्यौं, पुरातन चिन्तनदेखी धेरै माथी उठ्दै हामीले नयाँ नयाँ संस्करणरुपी संस्कारको आरम्भ पनि गरिसकेका छौं। तर, कतिपय सवालहरुमा जस्तै आत्मस्वावलम्वन, शु-शासन,सुरक्षा,भ्रष्टाचारमुक्त समाज, बिधिको शाषन एवं स्वाभिमानलगायतका बिषयमा हामी हाम्रो निर्णय हामी आफै गर्न सक्तछौं भनि विश्व समुदायलाई हामीले सन्देश त दिएका छौं, तर हामी आफू आफूमाझ अझैपनि विश्वस्त हुनभने सकेका छैनौं। गाउँ,समाज हुँदै राष्ट्र निर्माणको अभिभारा बोकेका हामी नागरिकहरुले हरेक आमूल परिवर्तनहरुलाई आत्मसात गर्दै यसको स्थायित्वको लागि अझ पनि धेरै भन्दा धेरै संघर्ष गर्न बाँकी नै छ। शु-शाषनको सपना विश्व रंगमंचमा प्रचार गरेतापनि हामी आफै आफैमाथी शासन गर्नबाट भने हरेकपटक चुक्दै आएका छौं। हरेक समस्याहरुको थालनी हाम्रो आफ्नै घरभित्रबाट शुरुवात भएको छ। कथित बहुदल ,प्रजातन्त्र अनि गणतन्त्रको को नाममा अनेकनपटक हरेक कुनै न कुनै गलत तत्वको सिकार पनि हामी बन्दै आएको कुरा कसैवाट छिप्न सकेको छैन। आदर्शको कुरा त हामी हरेक पटक गर्ने गर्दछौं, तर व्यवहारिक रुपमा भने हामी अत्यन्त दयनिय अवस्थितीवाट गुज्रीराखेका छौं। घर, समाज हुँदै राष्ट्रनिर्माणको जिम्मेवारीसम्म आईपुग्दा हामी अनेकौंपटक समृद्ध नेपालका नाराहरु ओकल्ने त गर्दछौं तर फगत सस्तो लोकप्रियताको लागि मात्र।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४