ब्रेकिङ न्युज:

लामो समयसम्म विद्युत् महसुल नबुझाउने ग्राहकको काटियो लाइन

जागरणपोस्ट ६ माघ २०७७, मंगलवार १२:४०

लहान :  लामो समयदेखि विद्युत् महसुल नबुझाउने ९० जना ग्राहकको विद्युत् लाइन विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले काट्ेको छ । वक्यौता विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन अभियान शुरु गरेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले करीब एक महिनाको अवधिमा ९० जना ग्राहकको लाइन काटेको हो । विद्युत् लाइन काटिएकामध्ये ६० जनाबाट रु ६० लाख ३५ हजार बक्र्यौता असूल भएको र बक्र्याैता रकम बुझाउनेको पुनः लाइन जडान गरिएको विद्युत प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख जीतेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले रु ५० हजार भन्दा बढी बक्यौता बाँकी रहेका २२० जना ग्राहकको सूची तयार गरेर विद्युत् लाइन काट्न शुरु गरेको प्रमुख यादवले बताउनुभयो । विद्युत्को बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटकपटक समयमै विद्युत् महसुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन काट्न थालेको प्रमुख यादवको भनाइ छ ।

उहाँका अनुसार पहिलो चरणमा लामो समयदेखि बक्यौता रकम नबुझाउने तीन फेजका २२० जना ग्राहकको विद्युत् लाइन काटिने र पछि थप ग्राहकको लाइन काटिने छ । ग्राहकबाट विद्युत् महसुलबापत करिब रु ३० करोड भन्दा बढी बक्यौता उठाउन बाँकी रहेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले जनाएको छ । गार्हस्थ्य मिटरतर्फ रु १९ करोड १४ लाख ५१६, व्यापारिक मिटरतर्फ रु ९९ लाख ७१ हजार ४३९, गैर व्यापारिक मिटरतर्फ रु एक करोड ५८ लाख र औद्योगिक मिटरतर्फ रु चार करोड २६ लाख ३८ हजार ८३५ बक्यौता रकम उठाउन बाँकी रहेको प्रमुख यादवले बताउनुभयो । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानमा ४५ हजार ग्राहक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४