ब्रेकिङ न्युज:

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट : गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गर्दै कर्णाली प्रदेशको पहिलो जित

जागरणपोस्ट ६ माघ २०७७, मंगलवार १६:२०

काठमाडौं : कर्णाली प्रदेशले काठमाडौंमा जारी प्रधानमन्त्री( पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रथम जित दर्ता गरेको छ । मंगलबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गर्दै कर्णाली प्रदेशले पहिलो जित हात पारेको हो ।

२ सय ५ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले ३६।५ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेटयो । उसका लागि बिपिन हिमांशु शाहीले अविजित रहँदै ६० बलमा सर्वाधिक ६८ बनाए । यस्तै बिपिन रावलले ४९, राज शाहीले ३२ र हेमन्त ओलीले २९ रन बनाउनबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । बलिङतर्फ गण्डकीका बिपिन खत्री एक्लैले ४ विकेट लिँदा सुवास भण्डारीले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको गण्डकी प्रदेशले ४२।३ ओभरमा अलआउट हुँदै २ सय ४ रन बनाएको थियो । उसका लागि राहुल उपाध्यायले ५३, अर्जुन कुमालले ४६, बिपिन खत्रीले ३२, बिशाल पौडेलले १५ र दिनेश बुढामगरले १० रन जोडे । बाँकी खेलाडी दोहोरो अंक बिनाकै रन बनाएर पेभेलियन फर्किए । बलिङतर्फ कर्णालीका दिनेश अधिकारीले ३, अनुज चुनारा र दिवान पुनले समान २–२ तथा रविन्द्र शाहीले १ विकेट लिए ।

खेलमा सर्वाधिक रन बनाउने कर्णाली प्रदेशका हिमांशु शाहीले प्लेयर अफ दि म्याचको उपाधि हात पारे । जितसँगै दुई खेलबाट २ अंक बनाउँदै कर्णाली प्रदेश तालिकाको तेश्रो स्थानमा छ भने गण्डकी प्रदेश ३ खेलबाट समान २ अंक बनाउँदै चौथो स्थानमा छ । गण्डकी र कर्णाली समूह ‘ए’मा रहेका टोलीहरु हुन् ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४