ब्रेकिङ न्युज:

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा : अधिवक्ताहरुले लामो र विषय वस्तु केन्द्रीत बहस नगर्दा सुनुवाइ लम्बियो

जागरणपोस्ट ६ माघ २०७७, मंगलवार १६:३१

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामाथिको मंगलबार (आज)को सुनुवाइ सकिएको छ । आइतबारदेखि संवैधानिक इजलासमा सुरु भएको मुद्दामा मंगलबार पनि बहस भएको हो ।

मंगलबार अधिवक्ताहरु शिव कुमार यादव, हर्क बहादुर रावल, शेर बहादुर ढुंगाना, डा. रुद्र शर्माले बहस गर्नुभएको थियो । डा. चन्द्रकान्त ज्ञवालीले बहस गर्दा गर्दै आजको सुनुवाइ स्थगित भएको हो ।

अधिवक्ताहरुले संविधान भन्दा माथि कोही नभएको भन्दै प्रधानमन्त्री ओलीले संविधान बाहिर गएर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका थिए । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा साढे तीन सय वकिलले बहसका लागि नाम टिपाएका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि पुस ६ गते दर्जन बढी रिट निवेदन सर्वोच्चमा दर्ता भएका छन् । बहसमा अधिवक्ताहरुले लामो र विषय वस्तु केन्द्रीत बहस नगर्दा सुनुवाइ लम्बिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४