ब्रेकिङ न्युज:

चीनमा नौ दिनदेखि खानीमा फसेका श्रमिकलाई औषधि तथा खाना पु¥याउन सफलता

जागरणपोस्ट ६ माघ २०७७, मंगलवार १८:१६

बेइजिङ :  नौ दिनदेखि खानीभित्र फसेका चिनियाँ श्रमिकहरूका लागि खानीभित्र खाना र औषधि पठाउन सफल भएको मङ्गलबार चिनियाँ अधिकारीहरूले उद्धारकर्तालाई उद्धृत गरी जानकारी गराएका छन् ।

औषधि तथा खानेकुरा तीनवटा च्यानलबाट खानीमा पठाउन सफल भएपछि श्रमिकहरूको उद्धारमा सफलता मिल्ने आशा बढेको उद्धारकर्ताहरूले मङ्गलबार जानकारी गराएका छन् । खानीको करिब ५०० मिटरको गहिराईमा उनीहरू फसेको उल्लेख गरिएको छ ।

पूर्वी चीनको शेन्दोङ प्रान्तको यान्ताई नजिकै रहेको सुनखानीमा जनवरी १० मा विष्फोट भई पहिरो खस्दा २२ व्यक्ति खानीभित्र फसेका थिए । उनीहरू खानीबाहिर आउनका लागि बनाएको भ¥याङ भत्किएको र उनीहरू बाहिर निस्किने बाटो अवरूद्ध बनेको थियो ।

गत शनिबार खानीभित्रबाट सहयोगका लागि आवाज (सङ्केत) आएपछि खानीभित्र फसेका कामदारलाई जीवितै उद्धार गर्ने आशा पलाएको थियो । आइतबार उनीहरूसम्म तार पु¥याईएको थियो र तारमा श्रमिकले आफूहरूमध्ये करिब एक दर्जन व्यक्ति खानीभित्र पानीले घेरिएको अवस्थामा जीवितै रहेको भन्दै औषधि तथा उद्धारका लागि आग्रह गरेका थिए । खानीमा फसेका १० जनाको अवस्था भने अहिलेसम्म अज्ञात रहेको बताइएको छ । पत्रमा आफूहरूमध्ये धेरैजना घाइते भएका उल्लेख गरिएको छ । भोकले निकै कमजोर बनेका दुई श्रमिकले खाना पाएपछि पुनः माथि चढ्ने बल मिलेको समेत फसेका श्रमिकले उद्धारकर्ताहरूलाई सन्देश पठाएका छन् ।

उद्धारको काम भइरहे पनि निकै खानीको प्रकृतिले गर्दा प्रगति निकै सुस्त रहेको स्थानीय सहरका एक उच्च अधिकारी चेन फेईले बताउनुभयो । उहाँले ग्रेनाइट (पथ्थर) फोडेर उद्धार गर्नुपर्ने भएकोले सुस्त नतिजा आउको पुष्टि गर्नुभयो ।

फसेका श्रमिकहरू रहेको स्थानमा धेरै पानी भएकाले यो उनीहरूका लागि खतरा हुनसक्ने उहाँले बताउनुभयो । चेनका अनुसार खानीमा करिब दुई दिनका लागि खाद्यान्न पठाइएको छ भने सम्पर्कका लागि एउटा टेलिफोन लाइन पनि उनीहरूलाई उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४