ब्रेकिङ न्युज:

सवारी दुर्घटनामा तीनको मृत्यु, १० घाइते

जागरणपोस्ट ६ माघ २०७७, मंगलवार १८:५५

इनरुवा :  सुनसरीको दुहबी नगरपालिका–१० स्थित भित्री सडकमा आज माइक्रो र मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक इनरुवा–३ का ४४ वर्षीय बिर्ख मण्डल, माइक्रोका सहचालक सप्तरी राजविराज–१ का २२ वर्षीय शङ्कर यादव र एक जना महिलाको सनाखत हुन बाँकी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो ।

दुर्घटनामा मोरङ विराटनगर–१४ का ५२ वर्षीय जयनारायण यादव, सप्तरी मान्सापुर नगरपालिकाका ६० वर्षीय इन्द्रकलादेवी सिंह, राजविराज–७ का १४ वर्षीय नीरज यादव, इनरुवा–८ का ५२ वर्षीय चन्द्र मेहता, राजविराज–७ का ३८ वर्षीय सुरेश मण्डल, भोक्राहानसिंङ–३ का १९ वर्षीय प्रशान्त यादव, बराहक्षेत्र–१० का २३ वर्षीय भरत यादव, इनरुवा–८ का ५२ वर्षीया शान्ति मेहता, इनरुवा–३ का ३० वर्षीय मनोज अधिकारी र २२ वर्षीया प्रशंसा सुवेदी रहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।

दुहबीबाट इनरुवातर्फ आउँदै गरेको प्र १–०२–००१ ज ३८६८ नम्वरको माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको को ३४ प ४६९४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो । ठक्कर दिने दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ भने माइक्रो चालक फरार भएकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४