ब्रेकिङ न्युज:

प्रधानमन्त्री कप : आर्मी सेमिफाइनल पुग्दा प्रतियोगिताबाट बाहिरियो प्रदेश १

जागरणपोस्ट ७ माघ २०७७, बुधबार १५:३७

त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार तेस्रो जितसँगै आर्मी सेमिफाइनलमा पुग्दा प्रदेश १ भने प्रतियोगिताबाट बाहिरिएको छ । उसले बुधबारको खेलमा प्रदेश–१ माथि ४ विकेटको जित हात पारेको हो ।

प्रदेश–१ ले दिएको १३२ रनको लक्ष्य आर्मीले २९.५ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो ।

आर्मीका लागि रोहित पौडेलले सर्वाधिक ३६ रनको योगदान दिए १८.३ ओभरमा फिर्दोस अन्सारीको बलमा विकेटकिपर राजन मगरबाट क्याच भएका उनले ३१ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

भीम सार्कीले २९ रनको योगदान दिँदा २४ रनमा अविजित रहेका राजेश पुलामी मगरले २७ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

प्रदेश–१ का लागि फिर्दोस अन्सारी, शुभांकर उराउ, दिपेश कँडेल र ज्ञानेन्द्र श्रेष्ठले समान १–१ विकेट हात पारे । २ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
अन्सारीले ५ ओभरमा १९, श्रेष्ठले ७.५ ओभरमा ३७, कँडेलले ७ ओभरमा ३६ र उराउले ६ ओभरमा २२ रन खर्चिए ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रदेश–१ ले ४०.१ ओभरमा सबै विकेट गुमाउँदै १३१ रनको योगफल तयार पारेको थियो ।

उसका लागि विवेक मेहताले अर्धशतकीय पारी खेले । ३०.३ ओभरमा साहब आलमले आफ्नै बलमा क्याच गर्नुअघि उनले ८३ बलमा ७ चौका र १ छक्काको मद्दतले ५० रन प्रहार गरे । फिर्दोस अन्सारीले ३२, दीपक पासवानले १९ र कप्तान सिद्धान्त लोहनीले ११ रनको योगदान दिँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

आर्मीका लागि साहब आलमले ४, आकाश चन्दले ३, सुसन भारी, राजेश पुलामी मगर र भीम सार्कीले समान १–१ विकेट हात पारे ।

आलमले ९.१ ओभरमा ३ मेडन राख्दै २३, चन्दले ७ ओभरमा ३ मेडनसहित १५, भारीले ९ ओभरमा ३ मेडन राख्दै १५, सार्कीले ३ ओभरमा १४ र मगरले २ ओभरमा १० रन खर्चिए ।

जितसँगै आर्मी एक खेल अगावै समूह ‘ए’बाट सेमिफाइनल प्रवेश गरेको छ । उसले पहिलो खेलमा गण्डकी प्रदेशलाई ९९ र दोस्रो खेलमा कर्णाली प्रदेशलाई ८० रनले पराजित गरेको थियो ।

लगातार तेस्रो पराजय ब्यहोरेको प्रदेश–१ प्रतियोगिताबाट बाहिरिएको छ । ऊ पहिलो खेलमा एफिएफसँग १३५ रनले र दोस्रो खेलमा गण्डकी प्रदेशसँग २ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४