ब्रेकिङ न्युज:

लागुऔषध मुद्दामा पक्राउ परेका अधिकांश कारागार चलान

जागरणपोस्ट ७ माघ २०७७, बुधबार १८:०२

झापा : झापामा लागुऔषधसँग सम्बन्धित अपराधमा पक्राउ परेका अधिकांश अभियुक्त कानूनी कारवाहीका सिलसिलामा कारागार चलान हुने गरेका छन् । गत वर्ष माघ १ गतेदेखि पुस मसान्तसम्म एक वर्षको अवधिमा यहाँ लागुऔषध मुद्दामा १९९ व्यक्तिलाई कानूनी कठघरामा उभ्याइएकामा १४८ जना कारागार चलान भएका छन् । यसलाई अपराध नियन्त्रणको दृष्टिले सकारात्मक सङ्केतका रुपमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाका अनुसार सो अवधिमा ४१ जना मात्र कारागार नगई धरौटीमा छुटेका थिए । पक्राउ पर्नेमा ११ महिला र नौ नाबालक पनि थिए । कारागार चलान हुनेमा सात महिला र छ नाबालक छन् । काँकडभिट्टा सबैभन्दा बढी लागुऔषधको ओसारपसार र अपराध हुने क्षेत्र हो । त्यसपछि भद्रपुर, गौरीगञ्ज, विर्तामोड र दमकमा सो अपराध धेरै हुने गरेको छ ।

प्रहरी र समुदायको आपसी सहकार्यमा जिल्लामा लागुऔषधको जालो च्यात्न लामो समयदेखि प्रयास हुँदै आएको छ । जिल्लामा सरुवा भई आउने हरेक प्रहरी प्रमुखले लागुऔषधको अपराध नियन्त्रणलाई प्राथमिकतामा राख्ने गरेका छन् । सबुत प्रमाणसहित अभियुक्त पक्राउ पर्ने गरेका कारण पछिल्लो समय लागुऔषध अपराध मुद्दामा पक्राउ परेका अधिकांश व्यक्तिले कानूनले तोकेबमोजिमको दण्ड सजाय भोगिरहेको सूचना अधिकारी थापाले बताउनुभयो ।

गत माघदेखि पुस मसान्तसम्ममा अभियुक्तबाट प्रहरीले डेढ किलो ब्राउन सुगर, २१ किलो गाँजा, नाइट्रोजन ६९७ चक्की, नाइट्रोभेट ३७ चक्की, डाइजोपाम ५२० एम्पुल, लुपिजेसिक ५३१ एम्पुल, फेनारगन ४३७ एम्पुलसहित ठूलो मात्रामा प्रतिबन्धित लागुऔषध बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४