ब्रेकिङ न्युज:

भारतले नेपाललाई हस्तान्तरण गर्यो १० लाख डोज कोरोना खोप

जागरणपोस्ट ८ माघ २०७७, बिहीबार १३:३६

काठमाडौं : नेपाललाई भारतले अनुदानमा उपलब्ध गराएको १० लाख डोज कोरोना खोप आज काठमाडौं आइपुगेको छ ।

केहीबेर अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भारतबाट खोप आएको हो । यी खोपहरु आजै नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका छन ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले भारतले उपलब्ध गराएको कोरोना विरुद्धको खोप पहिलो चरणमा अग्रपंक्तिमा कार्यरत चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलगायत सुरक्षाकर्मी लगायत सफाइकर्मीहरुलाई दिइने जानकारी दिए ।

नेपालको ७२ प्रतिशत जनसंख्यालाई खोप दिने तयारी सरकारले गरेको छ ।

सो अवसरमा मन्त्री त्रिपाठीले नेपाल सरकार र नेपाली जनताको तर्फबाट भारतीय राजदूत र भारत सरकारलाई धन्यवाद दिए ।

उनले खोप न्यायपूर्ण रुपमा वितरण गरिने बताए । ‘‘नेपाल–भारतको सम्बन्ध जनताको सम्बन्ध हो । यसैको परिणामस्वरूप भारतको उपहार खोप आयो,’’ उनले भने ।

अबको एक हप्तादेखि दश दिनभित्र खोप दिन सुरु गरिने उनले बताए । उनले भने,‘‘४० लाख डोज थप खोप यो खोप नसकिँदै ल्याउँछौँ । आधारभूत जनसंख्यालाई निःशुल्क खोप दिन्छौँ,’’  ।

राजदूत क्वात्राले भारतमा खोप दिन सुरु गरेको एक हप्तामा नेपालमा आइपुग्नु भनेको नेपालका परराष्ट्रमन्त्री र भारतका स्वास्थ्यमन्त्रीको छलफलको परिणाम भएको बताए ।

भारतले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको १० लाख डोज खोप काठमाडौं आइपुगेको हो । एअर इन्डियाको विमानमार्फत खोप आइपुगेको हो । कोभिसिल्ड खोप भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाको उत्पादन हो ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४