ब्रेकिङ न्युज:

मुलुकभर १६५ लैङ्गिक विभेदमा आधारित हिंसाका घटना

जागरणपोस्ट ८ माघ २०७७, बिहीबार १४:२९

काठमाडौँ :गत महिनामा  मुलुकभर १६५ महिला तथा बालिकामाथि भएका हिंसाका घटना अभिलेखिकरण गरिएको छ । महिला पुन स्थापना केन्द्र (ओरेक)ले आज सार्वजनिक गरेको महिलामाथि हुने हिंसा सम्बन्धी पुस महिनाको प्रतिवेदनअनुसार सबैभन्दा ८८ वटा (५३ प्रतिशत) घरेलु हिंसा घट्ना रहेका छन् ।

यसैगरी २८ वटा, बलात्कार, २७ सामाजिक हिंसा, आठ मानव बेचबिखन, चार यौन दुव्र्यवहार, चार हत्या, दुई बलात्कारको प्रयास, दुई विद्युतीय अपराधलगायतका घटना रहेको ओरेकको तथ्याङ्क छ । ओरेकले आफ्नो कार्यालयमा अभिलेखिकरण गरेका (१३९) तथा विभिन्न सञ्चारमाध्यमबाट प्राप्त २६ तथ्याङ्कका आधारमा १६५ लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क सङ्कलन गरेको जनाएको छ ।

उमेरको आधारमा विश्लेषण गर्दा सबैभन्दा धेरै ५७ जना १७ देखि २५ वर्ष उमेर समूहका महिला हिंसाको जोखिममा रहेको पाइएको छ । यसपश्चात हिंसामा पर्ने सबै भन्दा बढी ४६ जना २६ देखि ३५ वर्ष उमेर समूहका महिला छन् ।

यसैगरी प्रभावित र आरोपितको सम्बन्धलाई विश्लेषण गर्दा, सबैभन्दा बढी ७२ हिंसाका घटना श्रीमान्बाट भएको छ भने ३५ वटा हिंसाको घटना छिमेकीबाट र ३२ वटा परिवारका अन्य सदस्यवाट भएको पाइएको छ । तथ्याङ्क हेर्दा महिला हिंसा सबैभन्दा बढी सङ्ख्यामा आफ्नो श्रीमान्, आफन्त, घरपरिवारका सदस्य र आफु बस्ने समाजबाट हुने गरेको कार्यकारी निर्देशक लुभराज न्यौपानेले बताउनुभयो । यस किसिमको हिंसाले महिला जहाँ छन् त्यहीँ नै असुरक्षित छन् भन्ने कुराको पुष्टी गरेको बताउँदै उहाँले घरेलु हिंसा तथा महिलामाथि हुने हिंसा अन्त्यका लागि व्यक्तिगत सोँच र व्यवहारमा परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४